उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

जेष्ठ २०७६ राजु चौधरी, काठमाडौँ — सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौंमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौं ।’

हाल जिउँदा खसीबोका, राँगालगँयत पशुपक्षी ल्याउन नपाइने कुनै कानुन छैन । पशुपक्षीसम्बन्धी ढुवानी मापदण्ड भए पनि पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । मन्त्रालयका अनुसार ढुवानी गर्दा ६/७ घण्टाभन्दाको अवधिमा विश्राम गर्नुपर्छ । व्यवसायीहरूले २/३ दिनसम्म बिनाविश्राम ढुवानी गरिरहेका छन् । त्यसलाई निरुत्साहित गर्न पनि कडाइ गर्न खोजेको हो ।

यसअघि सर्वोच्च अदालतले पनि पशु कल्याणकारी ऐन बनाउन सरकारलाई आदेश दिएको थियो । मासुजन्य पशुपक्षीलाई साना-ठूला ट्रक र साइकलमा मुन्टो उँधो पारी झुन्डाएर ओसारपसार गरिएको, निर्दयी तरिकाले एक स्थानबाट अर्काे स्थानमा दैनिक ढुवानी गरिएको, गाई पाल्ने दूध दिन छाडेपछि सडकमा फाल्ने प्रवृत्तिलाई अन्त गरिपाऊँ भन्दै रिट दायर भएको थियो । त्यसपश्चात् अदालतले माघ महिनामा ऐन बनाउन आदेश दिएको थियो ।

प्रवक्ता सुवेदीले अदालतको आदेशलाई पालना गर्न उक्त प्रस्ताव गरेको बताए । उनका अनुसार बाटोमा विश्रामस्थल, सबै नाकाहरूमा वधशाला बनाउने कार्यक्रम राखेको छ । ‘त्यसका लागि कार्यविधि बनाउने तयारीमा छौं,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले पनि काम गरिरहेका छन् ।’ सरकारले दशकांैअघि हेटौंडामा वधशाला स्थापना गरेको थियो । उक्त वधशाला सञ्चालन हुन सकेन ।

निजी क्षेत्रले पनि विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आएका छन् । वधशालाहरू अलपत्र अवस्थामा छन् । बंगुर पार्कको निर्माण गर्न पनि प्रस्ताव गरिएको छ । खसीबोका आत्मनिर्भर कार्यक्रम पनि प्रस्ताव गरिएको छ । सोहीअनुसार क्वारेन्टाइन ऐनमा कडाइ गरिएको छ । ऐन कार्यान्वयन भएपछि खसीबोका आयात ह्वातै घटेको पशु सेवा विभागले जनाएको छ । यीबाहेक कृषि मन्त्रालयले वस्तु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्र्तगत आलु-प्याज आत्मनिर्भर कार्यक्रम प्रस्ताव गरेको छ ।

मुलुकमा पर्याप्त उत्पादन हुन नसक्दा चीन र भारतबाट बर्सेनि करोडौं रुपैयाँको आलु-प्याज आयात हुन्छ । प्रवक्ता सुवेदीका अनुसार भण्डारण र गुणस्तरीय बीउ नहुँदा समस्या भएको छ । ‘सुधारिएको बीउ प्रयोग गर्न सकेनौं,’ उनले भने, ‘उत्पादन कम हुँदा स्वदेशी उत्पादन महँगो भयो । भारतबाट आयात बढ्यो ।’ जानकारका अनुसार भारतले कृषि उपजमा दिने अनुदानले गर्दा भारतीय उत्पादन सस्तो पर्छ । ‘उत्पादन लागत घटाउन गुणस्तरीय बीउ उत्पँदनमा जोड दिन्छौं,’ उनले भने, ‘त्यसका लागि प्राविधिक सहयोग हुन्छ ।’

तरकारीबाहेक उखुमा पनि गुणस्तरीय बीउ उत्पादनमा जोड दिने प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । दानाको आयात प्रतिस्थापनका लागि मकै उत्पादन प्रवर्द्धन कार्यक्रम, सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम, मसिना तथा बासनादार धान बाली प्रवर्द्धन कार्यक्रम पनि प्रस्ताव गरिएको छ । सिञ्चित क्षेत्रमा सघन धान उत्पादन कार्यक्रम, मध्यपहाडी लोकमार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन तथा संकलन सञ्चाल विकास कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गर्न योजना बनाएको छ ।

विशेष कार्यक्रमअन्तर्गत बाली विशेष कार्यक्रम, ब्लेन्डिङ मल कारखाना स्थापना, सहयोग तथा ब्लेन्डिङ मलमा अनुदान, खाद्य स्वच्छ तथा गुणस्तर अभियान, पानी, दूध, तेललगायत अन्य खाद्य वस्तुहरू तथा दानाको गुणस्तर नियमन तथा नमुना परीक्षण गर्नुपर्ने प्रस्ताव छ । कृषि अनुसन्धान कार्यक्रम, डिप तथा स्यालो ट्युवेल निर्माण, कृषि पूर्वाधारतथा कृषि यान्त्रीकरण प्रवर्द्धन कार्यक्रम पनि प्रस्ताव गरिएको जनाएको छ । यसका लागि मन्त्रालयले २५ अर्ब ७७ लाख रुपैयाँ प्रस्ताव गरेको छ ।

कृषि उद्यमी बनाउन १० लाख अनुदान सरकारले वार्षिक एक हजार कृषि उद्यमी बनाउने तयारी गरेको छ । स्वदेशी युवालाई विदेश पलायन हुन नदिने कृषि मन्त्रालयले ‘युवा विशेष कार्यक्रम’ प्रस्ताव गरेको हो । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार उक्त कार्यक्रमअन्तर्गत कृषि उद्यम गर्न चाहनेलाई करिब १० लाखसम्म अनुदान दिइनेछ । ‘मुख्य उद्देश्य रोजगारी सिर्जना गर्नु हो,’ प्रवक्ता सुवेदीले भने, ‘यसअन्तर्गत साना किसान/साना व्यवसायी र आफ्नो व्यवसाय विस्तार गर्न चाहनेलाई १० लाख अनुदानदिन अर्थ मन्त्रालयमा प्रस्तावगरेका छौं ।’

मन्त्रालयका अनुसार अनुदान गाउँपालिकाको सिफारिसमा बैंकमार्फत दिइनेछ । व्यवसाय गर्न चाहनेले ५०/५० प्रतिशत लगानी गर्नुपर्ने जनाएको छ । ‘व्यवसायीले आफ्नो पैसाले केही काम गरेको पुष्टि भए मात्रै अनुदान पाइन्छ,’ उनले भने, ‘अनुदानका लागि गाउँ/नगरपालिकाको सिफारिस अनिवार्य हुन्छ ।’

मन्त्रालयका अनुसार यो पञ्चवर्षे योजना हो । यस योजनाअन्तर्गत५ वर्षमा ५ हजारलाई रोजगार बनाउने योजना रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि २०७३ सालमा पनि व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा कार्यक्रम सुरु गरेको थियो । ‘विदेश जान रोक्ने, व्यावसायिक प्रयोजनका लागि १४ हजार ६ सय ३९ जनाले २५ अर्ब १८ करोड ३१ लाख बराबरको ऋण लिएका छन्,’ राष्ट्र बैंकको तथ्यांकमा छ । यो ऋणअन्तर्गत सरकारले ५ प्रतिशत ब्याज अनुदान दिन्छ । बैंकले भने १० प्रतिशत ब्याज अनुदान दिँदै आएको छ ।

Source:- मधुसुधन गुरागाईं

अण्डाको नयाँ मूल्य निर्धारण, मूल्य बढ्दा कृषकलाई राहत,

भरतपुर, ३० वैशाख । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । “उत्पादन लागत नोक्सानीमा थियो”, उनले भने, “लागत मूल्यअनुसार अझै कम मूल्य हो”, उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।

वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु २९० बाट घटाएर रु २०० कायम गरिएको थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट रु २०० मूल्य तोकेको जनाएको थियो । किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रु १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो ।

“अण्डाको मूल्य घट्ने-बढ्ने भइरहन्छ, कँडेलले भने, बजारको अवस्था हेरेर २५० देखि ३०० औशतमा मूल्य निर्धारण हुने गरेको छ ।” कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ । एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए ।

नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेलले बताए  । पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी रहेको छ ।

कोल्ड स्टोरमा मरेको कुखुरा खरिद बिक्री, सञ्चालक र आपूर्तिकर्ता पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बागबजारस्थित एक मासु पसलबाट ठूलो परिमाणमा मरेको कुखुरा बरामद गरेको छ । काठमाडा्ैं महानगरपालिका–२८ बागबजार टुकुचास्थित एचबिबि एन्ड बि कोल्ड स्टोरमा मरेको कुखुरा खरिद बिक्री हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापामारी उक्त कोल्ड स्टोरबाट मरेको कुखुरा बरामद गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले उक्त कोल्ड स्टोरबाट २ सय ३२ ओटा मरेका कुखुरा बरामद गरेको हो ।

Broiler farming in Nepal

प्रहरीले खानतलासी गर्दा बोरामा प्याक गरी राखिएको बोइलर कुखुरासहित कोल्ड स्टोरका सञ्चालक ५५ वर्षीय सानुभाई खड्कीलाई समेत पक्राउ गरेको छ । त्यस्तै, कुखुरा पालन व्यवसायी गरी मरेको कुखुरा आपूर्ति गर्ने धादि गल्छी ३ का ३२ वर्षीय विष्णु आचार्य, मरेको कुखुरा आपूर्ति गर्न प्रयोग गरिएको गाडीका चालक गजुरीका १८ वर्षका रोहन आले, सहचालक र उक्त कुखुरा आपूर्तिको मात्र काम गर्ने रविन ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै, मरेको कुखुरा बोक्न प्रयोग गरिएको बा१७च ८४३२ नम्बरको गाडी र कोल्ड स्टोरबाट ५३ ओटा जिउँदो कुखुरासमेत बरामद गरेको छ ।

बरामद गरिएको मरेका कुखुरा प्रहरीले पशु क्वारेन्टाइन कार्यालय बुढानीलकण्ठलाई जिम्मा लगाएको थियो । उक्त कुखुरा क्वारेन्टाइन कार्यालयले नष्ट गरेको छ ।

Source:vettimes

७० डिग्री सेल्सियस तापक्रममा पाकेको कुखुराजन्य उत्पादन ढुक्कले खान सक्छौँ ।

बर्डफ्लुका नामले चिनिने एभियान इन्फ्लुएन्जा एच५एन१को नेपालमा पहिलोपटक मानवमा संक्रमण प्रमाणित भएसँगै यो रोग के हो, कसरी सर्छ लगायत चासो सर्वत्र पाइएको छ । रोगबारे सही जानकारीले यसबाट जोखिन मद्दत गर्छ । त्यसका लागि आमजनमानसमा हुन सक्ने बर्डफ्लुसम्बन्धी जिज्ञासा र तीनको समाधान हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

एच५एन१ के हो ?
एच५एन१ एकप्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो । यसले चराचुरुंगीमा श्वास–प्रवासको समस्या गराउँछ । एच५एन१को मानिसमा संक्रमण कहिलेकाहीँ मात्र हुन्छ । तर, यो मानिसबाट मानिसमा सितिमिती सर्दैन । जब यसले मानिसमा संक्रमण गर्छ, तब मानिसको मृत्युदर लगभग ६० प्रतिशत हुन्छ ।

एच५एन१ इन्फ्लुएन्जा मानिसमा कसरी फैलिन्छ ?
एच५एन१को लगभग सबै संक्रमण प्रत्यक्ष संक्रमित वा मृत पक्षीहरू वा एच५एन१ प्रदूषित वातावरणसँग सम्बन्धित हुन्छ । यसले मानिसलाई सजिलै संक्रमित गर्दैन र यो मानिसबाट मानिसमा सामान्यतया सर्दैन । राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो रोग फैलिन सक्ने वा सरेको कुनै पनि प्रमाण छैन ।

एच५एन१ले किन धेरै चिन्तित बनाएको छ ?
चराचुरुंगीमा संक्रमण गर्ने यो भाइरसले मानिसलाई संक्रमित गरेमा मानिसमा यसले गम्भीर समस्याहरू हुने र अंग–प्रत्यंगले काम गर्न नसक्ने बनाउँछ र मृत्युको मुखमा पुर्याउँछ । मानिसमा यसको संक्रमण भएमा यसको मृत्युदर उच्च छ । त्यस्तै, कुनै पनि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् । त्यसैले यदि एच५एन१ सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ, त्यसैले यसबारे धेरै गम्भीर चिन्ता हुने गरेको हो ।

किन एच५एन१ इन्फ्लुएन्जा भाइरस परिवर्तन हुन सक्छ ?
इन्फ्लुएन्जा भाइरसले नियमित आफ्नो वंशानुगत गुणहरू परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या हुन्छ ।

मानिसमा यस इन्फ्लुएन्जा के–के लक्षण हुन्छन् ?
– उच्च ज्वरो आउनु
– खोकी लाग्नु
– घाँटी दुख्नु
– मांसपेसीहरू दुख्नु
– सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ,
– संक्रमण छिटै फैलिएर सास फेर्न गाह्रो हुनु, तीव्र रूपमा श्वास–प्रश्वासमा कठिनाइ देखापर्नु, निमोनिया हुनु, दम हुनु आदि ।

कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी खान सुरक्षित हुन्छन् ?
अवश्य पनि हुन्छन् । तर, यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ । अन्य भाइरसझैँ यो भाइरसका लागि पनि तातो धेरै नै संवेदनशील हुन्छ । सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रूपमा मर्दछ । तर, पकाउँदा विचारणीय कुरा के हो भने पकाइएका सबै भागहरूमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्दछ । अर्थात्, राम्ररी सबैतिर तापक्रम पुगेर सबै भागमा पाकेको हुनुपर्दछ । यसले सबै भाइरस मर्दछन् र हामीले ढुक्कले खान सक्छौँ ।

सावधानीका रूपमा कुखुरा तथा कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी सधैँ राम्रो, स्वस्थ, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्दछ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाब छ ।
आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रूपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरूलाई चलाउने, प्रयोग गर्ने वा ओसार–पसार गरेकाहरूसँग जोडिएको पाइएको छ । त्यसैले यसकिसिमका बानी–व्यवहारलाई उच्चतम जोखिम बुझेर सुधार गर्नुचाहिँ महत्वपूर्ण हुन्छ ।

मानिसमा यसको उपचार कसरी गरिन्छ ?
यो मानिसमा प्रायः गम्भीर रोगका रूपमा विकास भएर देखापर्ने हुँदा सुविधायुक्त अस्पतालहरूमा आकस्मिक सघन उपचार गर्नुपर्ने हुन्छ । एन्टिभाइरल औषधि ओसेल्टामिभिर (टामिफ्लु)ले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्न सक्ने भएकाले यसको प्रयोग गरिन्छ ।

एच५एन१ एभियान इन्फ्लुएन्जाको मानव संक्रमण रोकथामका लागि खोप उपलब्ध छ ?
एच५एन१ संक्रमणको रोकथामका लागि खोपको विकास भएको छ, तर यो अझै पनि व्यापक उपयोगका लागि तयार छैन ।

के मौसमी इन्फ्लुएन्जा (मौसमी फ्लु/मौसमी रुघाखोकी) खोपले एच५एन१ भाइरसविरुद्ध सुरक्षा प्रदान गर्दछ ?
मौसमी इन्फ्लुएन्जाको खोप एच५एन१विरुद्धको संक्रमणमा काम गर्दैन अर्थात् सुरक्षित बनाउन सक्दैन ।

आइसोलेसन वार्ड नचलेको अवस्थामा बर्डफ्लुको उपचार चुनौतीपूर्ण छ

करिव एक दशकदेखि पक्षीमा मात्रै देखिएको एभियान इन्फ्लुएन्जा एच५एन१ (बर्डफ्लु) मानिसमा देखिएसँगै नेपालमा रोगबारे नयाँ बहस र जनचेतनाको अभियान प्ररम्भ भएको छ । एक जनाले ज्यान गुमाएको ३२ दिनपछि रोग यकीन भयो । यो सन्दर्भमा रोग धेरै जनामा देखिएको अवस्थामा हामीसँग उपचारको संयन्त्र बलियो छ त ? रोग नै के हो र कसरी सर्छ लगायतका विषयमा भाइरसजन्य रोगको विशेषज्ञ एवं टेकू अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेसँग हेल्थपोस्ट नेपालका लागि पुष्पराज चौलागाईँले गरेको कुराकानी ।

बर्डफ्लु भनेको के हो ?
इन्फ्लुएन्जा भाइरस ३ किसिमका हुन्छन्, इन्फ्लुएन्जा ए, बी र सी । इन्फ्लुएन्जा भाइरसभित्र पनि धेरै प्रकारका हुन्छन् । यसलाई २ वटा प्रोटिन हेमाग्लुटिन र न्युरावानेज भन्ने हुन्छ, त्यसलाई हेरेर यसको नामकरण गरिएको हुन्छ । हाल जुन भाइरस देखिएको छ नि, इन्फ्लुएन्जा एभित्रको प्रजाति हो । एच फाइभ एन वान भन्ने भाइरस नेपालमा एकजनालाई देखियो । र्याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन नभएका कारण उक्त नमुना परीक्षणका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा, जापानमा पठाइएको थियो, जुन नमुनाको परीक्षणका क्रममा बिरामीमा पोजिटिभ नतिजा देखिएर आयो । यो भाइरस पहिलोपटक नेपालमा मानिसमा देखियो । यो भाइरस नेपालमा पहिलोपटक चरामा २००९ मा झापामा देखिएको थियो । त्यसपछि देशका विभिन्न ठाउँमा देखिएका थिए । तर, हाल आएर समस्या के भयो भने मानिसमा पनि देखियो ।

साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ ।

के बर्डफ्लु मानिसबाट मानिसमा सर्छ ?
पहिलो कुरा त संक्रमित पक्षीबाट मानिसमा सर्ने रोग हो । कुखुराको फर्ममा बस्दा, सँगै काम गर्दा खास गरेर श्वास–प्रश्वासबाट यो भाइरस मानिसमा सर्ने गर्छ ।
साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ ।

हालसम्म यो भाइरस मानिसबाट मानिसमा सरेको उदाहरण नभए पनि नेपालमा सिस्टम के छ भने एक महिनाअघि नै मानिसमा भाइरसको संक्रमण भएको थाहा पाइसकेर पनि त्यसको वरपरि गएर खोज्ने काम भएको हुन सकेको छैन । त्यसबाट अरू कसैमा संक्रमण भएको छ कि छैन भनेर निगरानी गर्नुपर्ने हो । संक्रमितको घर–परिवारको निगरानी गर्नु जरुरी हुन्छ । संक्रमित मानिससँग को बस्ने गथ्र्यो, कहाँ गएको थियो, कहाँको कुखुरा फर्मबाट आएको हो, यी सबै कुराको गहिराइमा पुगेर अध्ययन गर्नुपर्छ । संक्रमित व्यक्तिको खोजी गरी तुरुन्त उपचार गर्नुपर्छ ।

भाइरसको संक्रमणका कारण मानिसको ज्यानै गएको घटना सार्वजनिक भइरहँदा कुखुराको मासु खानु उपयुक्त छ कि छैन ?
सामान्यतः यो भाइरस आरएनए भाइरस हो । यो भाइरस ७० डिग्रीभन्दा बढी तापक्रममा मर्ने गर्छ । तसर्थ, कुखुराको मासु राम्रोसँग पकाएर खान हुन्छ । तर, कुखुरा काट्दा वा पकाउँदा हावाको माध्यमबाट मानिसमा कण सर्न सक्ने हुँदा सतर्कता भने अपनाउनुपर्ने हुन्छ ।

यसको उपचारपद्धति भनेको साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ । भाइरस एन्टिभाइरल औषधि चलाउने हो । तर, मानिसमा कति काम गर्छ वा गर्दैन, त्यो निश्चित भएको छैन । यसलाई भेन्टिलेटरको सपोर्ट चाहिन्छ । यदि यो रोगको संक्रमण भएमा फोक्सोको तलको भागसम्म जान्छ, जसले सिरियस निमोनिया हुन सक्छ, जसका लागि आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

यो रोगमा मौसम परिवर्तनले फरक पार्छ कि पार्दैन ?
मौसम परिवर्तनका वेला शरीरले रोगसँग लड्न सक्ने क्षमता कम भएको खण्डमा यो रोग सर्न सक्ने सम्भावना बढी हुन्छ । फोहोर पानी जम्मा हुने, वातावरण प्रदूषणजस्ता विभिन्न कारणले रोगहरू सर्न सक्ने सम्भावना हुन्छ ।

नेपालका अस्पतालहरूको इन्फ्लुएन्जा भाइरस संक्रमित बिरामीको उचित उपचार गर्ने क्षमता छ कि छैन ?
यो रोगको उपचारका लागि नेपालका अस्पतालमा पर्याप्त दक्ष जनशक्ति उपलब्ध छ । तर, अस्पतालहरू व्यवस्थित छैनन् । जस्तो कि आइसोलेसन वार्र्ड सुचारु गर्न १० वर्षदेखि पहल भए पनि हालसम्म आइसोलेसनकक्ष सञ्चालनमा ल्याउन सकिएको छैन । यस्तो वार्ड स्थापना र सञ्चालनका लागि उपकरणहरू उपलब्ध छैनन् । स्वास्थ्य मन्त्रालयले झारा टार्ने काम मात्र गरिरहेको छ । टेकु अस्पतालमा आइसोलेसनकक्षमा ८ वटा बेड भए पनि उपकरण तथा जनशक्ति अभावले बन्द नै छन् । त्यसकारण इन्फ्लुएन्जा भाइरस संक्रमित बिरामी उपचारका लागि अस्पताल आएको खण्डमा उपचार दिन धेरै गाह्रो हुन्छ । यसको मुत्युदर ६० देखि ८० प्रतिशतसम्म हुन्छ । यस्तो वेलामा सुरक्षित प्रविधि अभावमा नर्स तथा डाक्टरलाई कसरी काम गर भन्न सकिन्छ ?

इन्फ्लुएन्जा भाइरसको उपचार कसरी गरिन्छ ?
यसको उपचारपद्धति भनेको इन्फ्लुएन्जा भाइरस एन्टिभाइरल औषधि चलाउने हो । तर, मानिसमा कति काम गर्छ वा गर्दैन, त्यो निश्चित भएको छैन । यसलाई भेन्टिलेटरको सपोर्ट चाहिन्छ । यदि यो रोगको संक्रमण भएमा फोक्सोको तलको भागसम्म जान्छ, जसले सिरियस निमोनिया हुन सक्छ, जसका लागि आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

एच फाइभ एन वान भाइरस परिवर्तन हुन्छ कि हुँदैन ?
आरएनए भाइरस छिटै परिवर्तन हुने भएका कारण औषधिले काम गर्न नसक्ने अवस्था पनि आउँछ । इन्फ्लुएन्जा भाइरसले नियमित आफ्ना वंशानुगत गुणहरूमा परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या निम्तिन सक्छ । यसबारे अध्ययन जरुरी छ ।

संक्रमितको मुत्युदर ६० देखि ८०% सम्म भएको उच्च संक्रामक रोगको उपचारमा सुरक्षित प्रविधिविना स्वास्थ्यकर्मीलाई कसरी खट भन्न सकिन्छ ?

यो भाइरसबाट जोगिन के–कस्ता उपाय अपनाउन सकिन्छ ?
रुघाखोकी लागेको व्यक्ति अरूभन्दा छुट्टै बस्नुपर्छ र यस्तो अवस्थामा मास्कको प्रयोग गर्नुपर्छ । नियमित रूपमा साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । श्वास–प्रश्वासको माध्यमबाट सर्ने भए पनि छोएर सर्ने सम्भावना बढी हुन्छ । यसबाट जोगिने सबैभन्दा ठूलो उपाय नै व्यक्तिगत तथा वासस्थानवरिपरिको सरसफाइमा ध्यान दिनु हो । आफ्नो वरिपरिको वातावरण सफा राख्नुपर्छ । यसका साथै, बिरामी तथा मरेका कुखुरा तथा चराचुरुंगीबाट सधैँ टाढा रहनुपर्छ ।
प्रत्यक्ष सम्पर्क भएका व्यक्तिहरूमा रोग देखिएमा तथा पक्षीहरू नजिक देखिए र आफूलाई बिसन्चो महसुस भएमा जतिसक्दो छिटो उपचारका लागि नजिकको स्वास्थ्यसंस्थामा सम्पर्क गर्नुपर्छ । इन्फ्लुएन्जाको कुनै पनि शंका लाग्नेबित्तिकै स्वास्थ्यसंस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार चल्नुपर्छ । चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नुहुँदैन ।

Source:-.healthpostnepal

बर्डफ्लुका नामले चिनिने एच५एन१ के हो ? मानिसमा कसरी फैलिन्छ ?

बर्डफ्लुका नामले चिनिने एभियान इन्फ्लुएन्जा एच५एन१को नेपालमा पहिलोपटक मानवमा संक्रमण प्रमाणित भएसँगै यो रोग के हो, कसरी सर्छ लगायत चासो सर्वत्र पाइएको छ । रोगबारे सही जानकारीले यसबाट जोखिन मद्दत गर्छ । त्यसका लागि आमजनमानसमा हुन सक्ने बर्डफ्लुसम्बन्धी जिज्ञासा र तीनको समाधान हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

एच५एन१ के हो ?
एच५एन१ एकप्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो । यसले चराचुरुंगीमा श्वास–प्रवासको समस्या गराउँछ । एच५एन१को मानिसमा संक्रमण कहिलेकाहीँ मात्र हुन्छ । तर, यो मानिसबाट मानिसमा सितिमिती सर्दैन । जब यसले मानिसमा संक्रमण गर्छ, तब मानिसको मृत्युदर लगभग ६० प्रतिशत हुन्छ ।

एच५एन१ इन्फ्लुएन्जा मानिसमा कसरी फैलिन्छ ?
एच५एन१को लगभग सबै संक्रमण प्रत्यक्ष संक्रमित वा मृत पक्षीहरू वा एच५एन१ प्रदूषित वातावरणसँग सम्बन्धित हुन्छ । यसले मानिसलाई सजिलै संक्रमित गर्दैन र यो मानिसबाट मानिसमा सामान्यतया सर्दैन । राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो रोग फैलिन सक्ने वा सरेको कुनै पनि प्रमाण छैन ।

एच५एन१ले किन धेरै चिन्तित बनाएको छ ?
चराचुरुंगीमा संक्रमण गर्ने यो भाइरसले मानिसलाई संक्रमित गरेमा मानिसमा यसले गम्भीर समस्याहरू हुने र अंग–प्रत्यंगले काम गर्न नसक्ने बनाउँछ र मृत्युको मुखमा पुर्याउँछ । मानिसमा यसको संक्रमण भएमा यसको मृत्युदर उच्च छ । त्यस्तै, कुनै पनि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् । त्यसैले यदि एच५एन१ सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ, त्यसैले यसबारे धेरै गम्भीर चिन्ता हुने गरेको हो ।

किन एच५एन१ इन्फ्लुएन्जा भाइरस परिवर्तन हुन सक्छ ?
इन्फ्लुएन्जा भाइरसले नियमित आफ्नो वंशानुगत गुणहरू परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या हुन्छ ।

मानिसमा यस इन्फ्लुएन्जा के–के लक्षण हुन्छन् ?
– उच्च ज्वरो आउनु
– खोकी लाग्नु
– घाँटी दुख्नु
– मांसपेसीहरू दुख्नु
– सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ,
– संक्रमण छिटै फैलिएर सास फेर्न गाह्रो हुनु, तीव्र रूपमा श्वास–प्रश्वासमा कठिनाइ देखापर्नु, निमोनिया हुनु, दम हुनु आदि ।

कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी खान सुरक्षित हुन्छन् ?
अवश्य पनि हुन्छन् । तर, यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ । अन्य भाइरसझैँ यो भाइरसका लागि पनि तातो धेरै नै संवेदनशील हुन्छ । सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रूपमा मर्दछ । तर, पकाउँदा विचारणीय कुरा के हो भने पकाइएका सबै भागहरूमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्दछ । अर्थात्, राम्ररी सबैतिर तापक्रम पुगेर सबै भागमा पाकेको हुनुपर्दछ । यसले सबै भाइरस मर्दछन् र हामीले ढुक्कले खान सक्छौँ ।

सावधानीका रूपमा कुखुरा तथा कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी सधैँ राम्रो, स्वस्थ, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्दछ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाब छ ।
आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रूपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरूलाई चलाउने, प्रयोग गर्ने वा ओसार–पसार गरेकाहरूसँग जोडिएको पाइएको छ । त्यसैले यसकिसिमका बानी–व्यवहारलाई उच्चतम जोखिम बुझेर सुधार गर्नुचाहिँ महत्वपूर्ण हुन्छ ।

मानिसमा यसको उपचार कसरी गरिन्छ ?
यो मानिसमा प्रायः गम्भीर रोगका रूपमा विकास भएर देखापर्ने हुँदा सुविधायुक्त अस्पतालहरूमा आकस्मिक सघन उपचार गर्नुपर्ने हुन्छ । एन्टिभाइरल औषधि ओसेल्टामिभिर (टामिफ्लु)ले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्न सक्ने भएकाले यसको प्रयोग गरिन्छ ।

एच५एन१ एभियान इन्फ्लुएन्जाको मानव संक्रमण रोकथामका लागि खोप उपलब्ध छ ?
एच५एन१ संक्रमणको रोकथामका लागि खोपको विकास भएको छ, तर यो अझै पनि व्यापक उपयोगका लागि तयार छैन ।

के मौसमी इन्फ्लुएन्जा (मौसमी फ्लु/मौसमी रुघाखोकी) खोपले एच५एन१ भाइरसविरुद्ध सुरक्षा प्रदान गर्दछ ?
मौसमी इन्फ्लुएन्जाको खोप एच५एन१विरुद्धको संक्रमणमा काम गर्दैन अर्थात् सुरक्षित बनाउन सक्दैन ।

healthpostnepal

कुखुराको मासु , अण्डा खान डराउनु पर्दैन : चिकित्सक

काठमाडौं : बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन्। मासु र अण्डा राम्रोसँग पकाएर खाएमा रोग लाग्ने सम्भावना नहुने चिकित्सकको भनाई छ।

कुखुराको अण्डा र मासु पकाउँदा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने चिकित्सकहरु बताउछन।  स्वास्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले कुखुराको मासु र अण्डा कम्तिमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने जानकारी दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लू कारण कुखुराको मासु वा अण्डा खानै नहुने भन्ने भ्रममा पर्न आवश्यक नभएको बताए।।‘एक सय डिग्री सेल्सियस नभई उसिनेको अण्डा पाक्दैन। यसले गर्दा अण्डा खानै नहुने भन्ने होइन।’

बर्डफ्लूको संक्रमणबाट एक युवकको मृत्यु भएको सार्वजनिक भएपछि कुखुराको अण्डा र मासु खान उपभोक्ताहरु हिचिकिचाएका छन। बर्ड फ्लूको संक्रमणपछि गत चैत १५ गते उनको निधन भएको थियो।

को छन, जोखिममा ?

पोल्ट्रि फार्म सञ्चालक किसान, मासु विक्रेता बढी जोखिम हुने चिकित्सकको भनाइ छ।  डा. लालकाअनुसार कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने व्यक्तिले नाङ्गो हात, खुला नाकमुख गरी मासु चलाउन हुँदैन। हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा रोगको जाखिम कम हुन्छ।

मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन, पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार र अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण गर्नु पनि बर्डफ्लूको रोग संक्रमणबाट बच्ने उपाय भएको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. लालले बताए।

Source:-annapurnapost

नेपालमा पहिलो पटक मानिसमा ‘बर्ड फ्लू’, एक जनाको ज्यान गएको पुष्टि

काठमाण्डौ – बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो ।

बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो ।

नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । घटनाकाे जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो । मृतकको नाम भने खुलाइएको छैन । घटनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अप्रत्यासित घटना भएकाे बताउनुभएको छ ।

कसरी सर्छ बर्ड फ्लू ?

बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ । मासु चलाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ ।

फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लू का भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर पंक्षीबाट मानिसमा भने सर्ने गर्छ ।

यसबाट बच्ने केही उपायहरु

– रोगको प्रकोप भएको ठाउँमा सकेसम्म नजाने ।
– मरेका पंक्षीलाई सोझै नछुने वा नचलाउने । नजिक जानु परेमा पनि माक्स लगाएर जाने ।
– रोग लागेका पंक्षीबाट जोगिने ।
– कुखुराको मासु खान रोक लगाउने ।
– कुखुराको मासु, अण्डा खानै परेमा राम्ररी पकाएर मात्रै खाने ।

Source:- ujyaaloonline

पलायन हुँदै कुखुरापालक किसान, अण्डा बिक्री नहुँदा करोडौँको घाटा

तनहुँ। आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।

जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको तनहुँ अण्डा उत्पादक सङ्घका अध्यक्ष रविन भुजेलले बताउनुभयो । “अण्डा बिक्री हुन छाडेपछि व्यावसायिक रुपमा कुखुरापालन गर्ने दुई-तीनजना व्यवसायीले पेशा नै छाडेर पलायन भइसकेका छन्”, अध्यक्ष भुजेलले भन्नुभयो, “वैशाख महीनाभरि यस्तै तरिकाले अण्डा बिक्री हुँदै जाने हो भने तनहुँका कृषकले करौँडोको घाटा ब्योर्हनुका साथै अधिकांश कृषक यसबाट पलायन हुने अवस्थामा देखिएको छ ।”

जिल्लाको जनसङ्ख्याको तुलनामा चार गुणा बढी अण्डा यहाँ उत्पादन हुने गर्छ । “तनहुँलगायत छिमेकी जिल्ला गोरखा र लमजुङमा बिक्रीका लागि अण्डा लिएर जाँदासमेत बिक्री हुन छाडेको छ”, अध्यक्ष भुजेलले भन्नुभयो, “दश लाखको लगानीमा शुरु गरेको कुखुरापालन व्यवसायमा अहिले रु नौ करोड लगानी भइसकेको छ तर अण्डा बिक्री नहुँदा बैकको ऋण तिर्न पनि धौ धौ भएको छ ।”

उहाँले २४ हजार कुखुरा राखेर पाल्दै आउनुभएको छ । कुखुरापालनबाट दैनिक २३ हजार अण्डा उत्पादन भइरहेको छ । उक्त फार्ममा १४ जना जनशक्ति रहेको बताइएको छ ।

त्यसैगरी व्यास १ गल्बुबेँसी निवासी खेमराज अधिकारीले करीब रु डेढ लाखको लगानीमा १० रोपनी क्षेत्रफलमा खोर निर्माण गरी पाँच हजार लेर्यस जातका कुखुरा पालेर व्यवसाय शुरु गरेपनि यसबाट फाइदा लिन नसकिएको बताउनुभयो । अघिल्ला वर्षमा आम्दानी खर्च बराबर जस्तो भए पनि यस वर्ष झनै नसोचेअनुरुप नोक्सान ब्योर्हनु परेको छ उहाँले भन्नुभयो । तनहुँमा ४४ वटा कुखुरा फार्म रहेकोमा ३३ वटा तनहुँ अण्डा उत्पादक कृषक सङ्घमा आबद्ध छन् ।

मुलुकका विभिन्न जिल्लाबाट अण्डा रातको समयमा आयत हुने गरेपछि अण्डा उत्पादक कृषक सङ्घले त्यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भेटेरिनरी अस्पताल र क्वारेन्टाइनबाट सिफारिस नभई बजारमा बिक्री वितरण हँुदै आएका अण्डा तथा कुखुरालाई नियन्त्रणमा लिन परिपत्र गरिएको बताउनुभयो ।

Source:- krishipatrika.