कुखुरामा रोग प्रतिरोधात्मक क्षमताको कमी र त्यसको उपचार

by Dr. Narayan Acharya

रोग प्रतिरोधात्मक क्षमता भनेको कुनै पनि जीव को सरिर मा निहित क्षमता हो जसले रोग लगाउने किटाणुका बिरुद्ध लडेर, त्यस लाइ पराजित गरि शरीरलाई रोग लग्न बाट बचाउछ। यो प्रणाली आफै मा एक जटिल प्रणाली पनि मानिन्छ र यो प्रणाली व्यवसायिक कुखुरा पालन मा बिसेष महत्तो पनि राख्दछ। सामान्यतया हरेक कुखुरा को शरीर उत्तिकै रहेको देखिए पनि, यो क्षमता मुर्त रुपमा भने कमै देख्न पाईन्छ। शरीरका विभिन्न अंग हरु मिलेर यो जटिल कार्य सम्पादन गरिरहेका हुन्छन। मुलतस् शरीर को विभन्न भागहरु जहाबाट जिबानु वा किटाणु को प्रबेस सम्भव हुन्छ, प्रवेश संगै प्रजनन र बिभाजन भै सरिर भित्र मौलाउँदै जान्छ त्यस्ता ठाउमा प्राकृतिक रुपमा नै संक्रमण कम गर्नको लागि विभिन्न प्रतिरोधात्मक संयन्त्र तैनाथ गरिएका हुन्छन। जस्तो छालास् जसले बाहिरी बातावरण बाट शरीर मा प्रवेश गर्ने किटाणु लाई शरीर भित्र पुग्न बाट जोगाउछ। त्यसै गरि पाचन प्रणाली को मूकोसल तह वा आन्य अंग को मूकोसल तह। यदि रोगको कारक दबअतभचष्ब वा खष्चगक शरीर भित्र पुग्न सफल भयोभने रगतमा रहेका प्रतिरक्षा प्रणाली सम्बन्धित रक्तकोसिकाहरु को मध्यम बाट तिनीहरु लाई नियेन्त्रण गरि नस्ट गरिन्छ अनि शरीर बाट बाहिर फालिन्छ। यो कार्य सम्पादन गर्न को लागि कुखुरा को शरीर पुर्णरुपमा स्वस्थ हुनु जरुरि हुन्छ अन्यथा रोगले जित्छ, कुखुरा हार्छ स अनि हामी नोक्सानी ब्यहोर्न बाध्य हुन्छौ।

कुखुराको रोग प्रतिरोधात्मक प्रणाली लाई मूल रुपमा दुईवटा भागमा बिभाजन गरिन्छ : मुख्य र सहायक। मुख्य प्रणाली आन्तार्गत बर्सा र थाईमस पर्दछन् भने साहयक अन्तर्गत फियो, सिकल टोंसिल, पेयरस प्यचेज, म्यकल डाइभरटिकुलाम आदि पर्दछन।

बर्सा: यो अंग कुखुराको शरीरको भित्री भागमा पायीन्छ। बिशेषगरि मलद्वार को फेदमा रहेको यो अंग आन्द्रा भुडी भएको भाग खोल्दा राम्रोसंग निरीक्षण गर्न सकिन्छ। आकारमा सानो सिमिको गेडा जत्रो भएपनि यो अंग शारीरिक स्वास्थका हिसाब ले आत्यधिक महत्व राख्दछ। यस अंग लाई ठाडो गरि चिरेर हेर्दा भित्रपट्टि मासुको तहहरु प्रस्ट देख्न सकिन्छ र जब कुखुरामा संक्रमण हुन्छ त्यसबखत यो अंग सुन्निंछ या धेरै चाप ले गर्दा सानो आकारको हुन्छ। यो अंगले मुख्यतः बिटा( लेम्फोसाइट नामक रक्तकोसिकाहरु लाई परिपक्व र शक्तिशाली गर्दछ र रोगप्रतिधोत्मक कार्य सम्पादन इमुनोग्लोबिनको माध्यम बाट गर्दछ। बि लिमफोसाइटले IgM,IgG र IgA इम्मुनोग्लोबुलिन हरु उत्पादन गर्दछ जुन रोगको किटाणुसंग लड्न र शरीर स्वस्थ राख्न आधिकतम आवश्यक पर्दछ। हड्डीभित्र को रक्तमासी, अन्डाको पहेलो भाग, र कलेजो बाट उत्पादित बि (सेलहरु जुन बर्सा गई परिपक्को हुन्छन र रगतमा निस्की रोगको किटाणु लाई नस्ट गर्ने कार्य मा निरन्तर लागीपर्छन त्यसलाई हामी हुमोरल इम्मुनिटि पनि भन्ने गर्दछौ। तसर्थ , जुनसुकै कारणले भएपनि बर्साको क्षमतामा कमि आउनु वा यसको क्षतिहुनुले कुखुराको रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउछ।

थाईमस:  यो अंग कुखुराको शरीरकोको घाँटी र बाकी शरीर जोडिने भागमा दुबैतिर रहेको हुन्छ। यसकोआकार केराउको गेडा जत्रै हुन्छ। यस लाई चिरेर हेर्दा हल्का खरानी रंगको देखिन्छ तर मासुको तहहरु भने हुदैनन्। यस अंगले टि (लीम्फोसाइट नामको रक्तकोसिका उत्पादन गर्दछ जुन कोषिय प्रतिरक्षा प्रणालीको प्रमुख सम्बाहक मानिन्छ। यसले ब्याकटेरिया वा रोगका कारक लाई नियन्त्रण गरी नस्ट गर्दछ, जुन शारिरिक स्वास्थ्य को लागि निकै महत्वपूर्ण छ, जसलाई हामी सेलुलर इम्मुनिटि पनि भन्ने गर्दछौ।

तेसै गरि चराजातिमा फियो को पनि उत्तिकै महत्व रहेको हुन्छ। फियोको आकार लाई कुखुराको खास रोग प्रतिरोधात्मक क्षमता को धोतक पनि भन्ने गरिन्छ। यो त भयो कुखुराको शरीरमा रहेको प्रमुख रोगप्रतिरोधात्मक प्रणालीको कार्यगत परिचय, अब किन यो प्रणाली र यस सम्बन्धित अंगहरुको कार्यक्षमतामा ह्रास आउछ र त्यसको समाधानको बारेमा केन्द्रित हुन चाहन्छु।

तुलनात्मक रुपमा लेयर्सको रोगप्रतिरोधात्मक क्षमता ब्रोइलरको भन्दा बढीमजबुत हुन्छ। चराजातिमा शारिरिक तौल संग रोगप्रतिरोधात्मक क्षमताको अनुक्रमनुपतिक सम्बन्ध रहेको अनुसन्धानहरु ले बताउदै आएका छन्। रोगप्रतिधोत्मक क्षमतालाई मुख्य दुईवटा भागमा विभाजित गर्न सकिन्छ। ति हुन् Primary वा जन्मजात रोगप्रतिरोधात्मक क्षमता र Secondary वा जन्मपछिको बाताबरण बाट प्राप्त रोगप्रतिरोधत्मक क्षमता। व्यवसायिक पोल्ट्री उत्पादन को हिसाबले Secondary रोगप्रतिरोधात्मक क्षमता बढी महत्व पूर्ण हुन्छ। त्यसमा पनि Subclinical  रोगप्रतिरोधात्मक क्षमताको ह्रास आत्यधिक महत्वपूर्ण हुन्छ। यो Subclinical Immunosupression हुन बाट बच्नको लागि नियमित रुपमा ब्रिडर लाई खबअअष्लबतष्यल गर्नु पर्दछ।

रोगप्रतिरोधात्मक क्षमता ह्रास हुनुका कारणहरुस् मुख्यगरी इनफेक्सीयस रोगहरु र पोषणतत्त्व को कमि हुन्। त्यसको अलावा चारको बम्सनुगत गुणमा पनि भर पर्दछ। रोगप्रतिरोधात्मक क्षमता ह्रास गर्ने रोगहरु जस्तै मारेक, चिकेन इन्फेक्सिओउस एनीमिया, Avian leukosis Complex, गम्बारो, रानीखेत, रेतिकुलोएन्दोथेलिओसिस्, Mycotoxicosis, र Stress आदि हुन् । तसर्थ यी रोगहरु बाट कुखुरालाई बचाउन बेलैमाथी सम्बन्धित रोगको Vaccine लगाउनु आत्यवाश्यक हुन्छ। साथै माउ कुखुरा को खबअअष्लबतष्यल पनि उतिकै जरुरी रहन्छ नत्र इम्मुनिटी कम भएको वा नभएको माउ बाट उत्पादित चल्ला मा पनि इम्मुनिटी कम भइ चल्ला को मृतुदर बढछ।

पोषणको कमीले हुने रोग प्रतिरोधात्मक क्षमताकोकमी हटाउनको लागि दैनिक पोषण युक्त आहार र स्वच्छ पियुने पानीको को प्रबन्ध मिलाउनु पर्दछ। त्यसको आलावा इम्मुनिटी बढाउनको लागि निम्नलिखित थप पोषणतत्वहरु दिनु पर्दछ ।

  • TRL agonist- लोकजोरिबिन
  • B-Glucan र आर्जिनिन नामको अमिनो एसिडदानामा दिने
  • एमिनो एसिड को सन्तुलित घोल दाना वा पानीमा दिने
  • खनिज पदार्थ : आइरन, कोबाल्ट, कपर, क्याल्सियम, फोस्फोरस , माग्निसियम, जिंक, आदि दाना वा पानीमा दिने
  • भिटामिन: भिटामिन डी, भिटामिन ए, भिटामिन इ, भिटामिन के आदि निएमित वा तालिका मिलाएर दिने
  • पोली अनस्याचुरेतेड फ्यटिएसिड तालिका मिलाएर दिने
  • एन्अक्सीडेन्टस्( भिटामिन इ, सेलेनियम, भिटामिन सी, आरजीनिन, र आयुर्वेदिक घोल आदि दिने
  • प्रोबाओटिक्, प्रिबायोटिक, र डाइटेरि फाइबर दिने

त्यसको साथ साथै खोरको उचित सरसफाई र व्यवस्थापनले पनि रोग प्रतिधोत्मक क्षमतालाई प्रभवित गर्ने गर्दछ, केहि मुख्य व्यवस्थापकिया कार्यहरु जो खुखुरको इम्मुनिटी संग सम्बन्धित छन् :

  • कुखुराको जनघनत्व – तोकिएको क्षेत्रफल प्रति कुखुरा भन्दा धेरै कुखुरा खोर मा राख्नु हुदैन, जुन ब्रोइलेर को लागि न्यूनतम १वर्ग फिट प्रति कुखुरा, लेयेर्स को लागि न्यूनतम २.५ वर्ग फिट प्रति कुखुरा र ब्रिडर को लागि न्यूनतमस् पोथी २.५ वर्ग फिट प्रति कुखुरा र भाले ३।५ वर्ग फिट प्रति कुखुरा राख्नु पर्दछ
  • नियमित खोरको सरसफाई र निसंक्रमण : चिसो सोतर को कारणले आत्यधिक मात्र मा एमोनिया ग्यास निस्कने र एमोनियाको कारणले रोग प्रतिरोधात्मक क्षमतामा प्रतिकुल आसर पर्ने हुनाले सोतरको उचित व्यवस्थापन पनि एक महत्वपूर्ण कार्य भित्र पर्दछ
  • खोर बैगानिक प्रबिधि युक्त हुनु पर्दछ : पूर्व पश्चीम लम्बाई रही उत्तर दक्षिण चौडाई भएको हुनु पर्दछ, आन्यथा घाम को प्रकास र बचितो पानि ले गर्दा खोरको तापक्रम बढीभएर कूखुरामा Stress हुन्छ ततपछ्यात् रोगप्रतिरोधत्मक क्षमतामा पनि कमि आउछ
  • साथै खोरमा उचित भेनटिलेशन, सुली र सोतर को बैगानिक व्यवस्थापन पनि रोगप्रतिरोधत्मक क्षमता संग सम्बन्ध राख्दछ
  • अत्यधिक औषादी र ढुसी लागेको दाना पदार्थ सेवन गराऊनाले पनि रोग प्रतिरोधात्मक क्षमतामा कमि आउँछ  ।
WordPress Themes