भिटामीनको कमी र लक्षणहरु

by Dr. Narayan Acharya

पोषण भनेको जीवीत शरिरको आधारभुत एकाई कोषलाई अधिकतम कार्यक्षमतामा काम गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण बाह्य तथा आन्तरिक तत्वहरुको परिपुर्ति तथा उपलब्ध गराउने प्रक्रिया हो । आहारा खाएपछि शरिरका विभिन्न अंगहरुको संलग्नतामा पचाउने र सोस्ने कार्य हुन्छ । कुखुराको शरिरमा पानी, प्रोटिन, कार्बोहाइड्रेटस, चिल्लो पदार्थ, खनिज, भिटामिन आदि वर्गका पोषण तत्वहरुको आवश्यकता पर्दछ । त्यसैले व्यावसायिक रुपमा कुखुरा पालन गर्दा सन्तुलित आहारा हुनु निकै जरुरी छ । भिटामीन, कोइन्जाइमको रुपमा उपापचयनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । साथै शरीरको रक्षा गर्नमा सर्वश्रेष्ठ योगदान गर्दछ । अन्य पोषण तत्वहरु जस्तै भिटामिनको कमीले कुखुरामा विभिन्न लक्षणहरु देखापर्नुका साथै उत्पादनमा पनि ह्रास आउँछ । प्रस्तुत लेखमा विभिन्न भिटामिनको कमीले कुखुरामा देखिने लक्षणहरुको बारेमा जानकारी गराउने प्रयास गरीएको छ ।

  • भिटामिन ‘ए’ :-  वृद्धि विकासमा ह्रास कमजोर हुनु, प्वाँख लथालिङ्ग परेको हुनु, उभिदा खुट्टा थरथर काप्नु, आँखा सुख्खा हुनु, मुखभित्र  माथिल्लो पट्टि ( तालुमा) सेतो फोकाहरु देखिने, किड्नी र युरेटरमा युरेटस भरिनु, अण्डा उत्पादन र ह्याचेविलिटी घट्नु ।
  • भिटामिन ‘इ’ :- इन्सेफालोमालासिया हुन्छ । (जसलाई क्रेजी चिक डिजिज् पनि भनिन्छ) उभिन नसक्ने, हिडडुलमा असन्तुलन आउने, गोलो     घेरामा घुम्ने, मस्तिष्क श्राव हुने ।
  • भिटामिन ‘के’ :- शरीरको आन्तरिक अंगहरु तथा छालामुनी रक्तश्राव हुनु, रगत जम्ने समय लम्बिनु ।
  • भिटामिन वि.१ :- पोलिन्युराइटिस, वृद्धि विकासमा कमी, अरुची, अत्याधिक कमजोरी, मांशपेशी बीच समन्वय नहुनु, पाचन प्रणालीमा अवरोध आउनु, शरीर थरथर काप्नु, मृत्यु समेत हुनु ।
  • भिटामिन वि.२ :- खुट्टाभित्र पट्टि फर्किनु (कर्ल टो पारालाइसिस) खुट्टाको पक्षघात, वृद्धिमा ह्रास आउनु, पखला लाग्नु, घुडाले टेकेर हिड्नु, नशाहरु सुन्निनु, उत्पादनमा ह्रास आउनु छालाको संक्रमण देखिनु ।
  • भिटामिन वि.६ :- न्यून विकास, अति उत्तेजना आउनु, लरखराउदै हिड्नु, टाउको तलपट्टि पखेटा हल्लाउनु, घाँटी बङ्ग्याउनु, थकित हुनु, अन्ततः मृत्यु पनि हुन्छ ।
  • भिटामिन वि.१२ :- प्वाँख निकै कम आउनु, वृद्धि नहुनु, चल्लाको मृत्युदर बढ्नु, रक्त अल्पता देखिनु, नशासम्बन्धी समस्या देखिनु ।
  • पानटोथेनिक एसिड :- छालाको संक्रमण देखिनु, वृद्धिमा ह्रास आउनु, प्वाँख राम्रोसँग नआउनु, कलेजो र स्पाइनल कर्डमा क्षति हुनु ।
  • नियासिन :- मुख र जिब्रोको संक्रमण, वृद्धिमा कमी, प्वाँखको कमी हुनु, दाना कम खानु, कहिलेकाँही छालाको संक्रमण देखिनु ।
  • फोलिक एसिड :- रक्तअल्पता, WBC को कमी, घाँटीको पक्षघात, शरिरको तौलको कमी, उत्पादनमा ह्रास, वृद्धिमा कमी आउनु पेरोसिस ।
  • वायोटिन :-पेरोसिस, वृद्धिमा कमी, खुट्टाको तल खस्रो फुस्रो चिरा पर्नु मुखको छेउ र आँखाको छेउको छालामा संक्रमण देखिनु ।
  • कोलिन :-पेरोसिस (खुट्टाको टेन्डन स्लिप हुने), दानाको राम्रो प्रयोग गर्न नसक्नु, कलेजोमा फ्याट अत्यधिक बढ्नु, वृद्धिमा ह्रास आउनु ।
WordPress Themes