साना चल्लामा बढि मृत्युदरका कारणहरु र रोकथाम

by Dr. Kedar Karki

पृष्ठभुमी

प्रचलित भनाई छ असल सुरुवात भए आधा समस्या टर्छ । यो कुरा पंक्षिपालन व्यवसायमा पनि लागु हुन्छ । किनभने साना चल्ला स्वास्थ्य भई हुर्के पंक्षिको उमेर बढ्दै जादा, अन्य रोगजन्य समस्याले पिरोल्दैन । पंक्षिहरु स्वस्थ्य भई जे जुन प्रयोजनका लागि पालिएको हो सो अनुसार अधिकतम उत्पादन दिन्छन् । पंक्षिहरुका लागि पहिलो हप्ता साह्रै जोखिमपुर्ण मानिन्छ । आजका अनुवांशिक परिवर्तित, ब्रोइलर फुल पार्ने कुखुरा हुन वा अन्य पंक्षि प्रजाति ती सबै पाल्न सुरुगर्दा नै सावधानी एवम् बुद्धिमानी पुर्वक ध्यान पुयाउन पर्ने हुन्छ । राम्रो स्वस्थ्य, फुर्तिला, एकैनास, चम्किला आखाँ भएका, राम्ररी प्वाँख उम्रेका साथै एकदिने चल्लामा हुनु पर्ने उच्चत्तम तौल भएका, फुर्तिला हुनपर्छ । ख्याउटे, लुला लंगडा जिंग्रिङ्ग परेका प्वाख भएका लोसे चल्ला छन् भने दिनकै भेटेनरी डाक्टरसँग सल्लाह लिदै एग्रोभेट धाउँनु पर्ने हुन्छ । यसले किसानलाई त के फाइदा होला ? बरु माथिकालाई तपाई दुहुनो गाइ हुनु हुनेछ ।

चल्लाको लागि पहिलो हप्ता किन महत्वपुर्ण मानिन्छ ?

चल्लामा हुने एकनास दैनिक तौल वृद्धि भएमा पंक्षिहरु छोटो समयमा, पंक्षिहरु अनुसारको उत्पादनको स्थितिमा पुग्दछन् । आजका परिवर्तित पंक्षिप्रजातिले दाना आहारा कम खान्छन् तर उत्पादन बढी दिने गर्दछन् । यो उपलब्धी हासिल गर्न चल्लाहरुको पहिला केहि दिन महत्वपुर्ण मानिन्छ किनभने यसले नै पंक्षिमा हुनुपर्ने आवश्यक तौलको विकास अनि स्वस्थ्य रहने आधारशिला तयार पार्छ । चल्लाहरु कोर्लिने वित्तिकै चल्लाहरुमा विभिन्न खाले शारीरिक प्रकृयामा परिवर्तन हुन थाल्दछ । फुलबाट चल्ला निस्केको बेला चल्लाको शारीरिक तौलको २० प्रतिशत फुलमा सामान्य अवस्थामा हुने पहेलो भाग रहन्छ । जसले चल्लालाई २ दिन सम्म पुग्ने सन्तुलित आहारा दिन्छ । त्यसपछि मात्र चल्लालाई सजिलै पच्ने खाले दाना दिनु उचित हुन्छ । चल्लाको पाचन प्रणाली अनि कलेजोको विकास पनि पहिलो हप्तामा हुने गर्दछ । यो बेला चल्लाहरुको आन्द्रा चल्लालाई हानी नपु¥याउने जिवाणु बाहेक निसंक्रमित हुन्छ । यतिवेला चल्लालाई हानी पु¥याउने जिवाणु, विषाणु तथा दुसंक्रमण भयो भने चल्लाको आन्द्रामा यिनले आफ्नो वंश विस्तार दु्रतगतिमा गर्दछन् अनि चल्लाको आन्द्रामा भएका चल्लाको स्वास्थ्यका लागि सहयोगी जिवाणुलाई नष्ट पार्दछन् पार्दछन् । यो उमेरका चल्लाहरुमा रोग सहनसक्ने क्षमता विकास गर्ने खाले अंगको पुर्ण विकास नभई सकेकोले चल्लाहरुमा हानीकारक जिवाणु, विषाणु तथा ढुशी जन्य संक्रमणहरुको प्रतिरक्षा गर्न सक्दैन । यसकारण चल्लाको पहिलो हप्ता जोखिमपुर्ण मानिन्छ ।

साना चल्लामा हुने मृत्यु ?

सानै उमेरमा चल्लाहरुमा हुने मृत्यृदरले आजको पंक्षिपालन व्यवसायिका लागि ठुलो आर्थिक चुनौती मात्र हैन चिन्ताग्रस्त बनाएको छ । साना चल्लामा हुने मृत्युदर कुनै एक कारणले मात्र हैन एक आपसमा सम्बन्धित, व्यवस्थापन, पोषण, अनि रोग नियन्त्रणका पुर्व प्रयासको व्यवस्थापन कसरी गरिएको छ , त्यसमा भर पर्छ । सानै उमेरमा अत्यधिक चल्ला मर्न थाले भने यसको उपचार अनि नियन्त्रण दुरुह मानिन्छ । केहि गरी उपचार पछि चल्ला बाँचीहाले पनि पटक–पटक विरामी पर्ने, तथा जुन प्रयोजनका लागि पंक्षि पालिएको हो सो, अनुसार बेलैमा उत्पादन पनि अपेक्षा गरे अनुसार दिन सक्दैनन् ।

साना उमेरका चल्लाहरुमा हुने मृत्युका कारणहरु ?

साना चल्लामा हुने मृत्युका कारणहरुमा, व्यवस्थापकिय त्रुटि, असंतुलित पोषण, व्यवस्थापन तथा बेलैमा रोगको निदान, नियन्त्रण एवम् उपचार व्यवस्थापनलाई प्रमुख मानिन्छ ।

साना चल्लाको मृत्युदर कसरी रोक्ने ?

१. स्वास्थ्य एव., उच्च गुणस्तरका चल्ला मात्र पाल्ने ।
२ .उपयुक्त रुपमा चल्लाको बु्रडिङ्ग व्यवस्थापन गर्ने ।
३ .ठुलो उमेर पुगेका पंक्षि राखेको ठाँउ भन्दा टाढा बु्रडिङ्गको व्यवस्था गर्ने ।
४ .विभिन्न उमेर समुहका पंक्षि प्रजाती एकै थलोमा नपाल्ने ।
५ .राम्रो सरसफाई एवं जैवीक सुरक्षा पंक्षिघरमा व्यवस्था गर्ने ।
६ .पंक्षि प्रजाती अनुसार पालिएका क्षेत्रमा प्रमाणीत भएका रोग विरुद्ध नियमीत खोप लगाउने ।
७ .शरीरमा प्रतिरक्षात्मक क्षमता बढाउने औषधी साथै मल्टी भिटामिन, भिटामिन ए., अमाइनो एसीड तथा खनीज मिश्रणनिश्चित अवधि पारी नियमीत दिने ।
८ .बथानमा १ प्रतिशत पनि चल्ला मरे भने उचित प्रयोगशाला परिक्षण गरी विज्ञसँग सल्लाहमा आवश्यक औषधी प्रयोग गर्ने ।

 डा. केदार कार्की

WordPress Themes