पृष्ठभूमी
एभिएन इन्फ्लुएन्जा अर्थात बर्ड फ्लु सर्वप्रथम पन्छीबाट मानिसमा १९९७ सालमा हङ्गकङ्गमा देखिएको हो । त्यस बेला १८ जना मानिस बिरामी परेका थिए र ८ जनाले ज्यान गुमाउनु परेको थियो । हङ्गकङ्गमा सबै प्रकारका पन्छी, पन्छीजन्य पदार्थ नष्ट गरीएको थियो र खुला रुपमा पन्छी, पन्छीजन्य पदार्थहरु बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको थियो। त्यस अघि नेपालमा जस्तै हङ्गकङ्गमा पनि पन्छीहरु खुला रुपमा बिक्री वितरण गर्ने चलन रहेको थियो । भारतमा अहिले सम्म पटक- पटक गरी वर्ड फ्लू रोगका बिषाणुबाट आक्रमण भई राखेको छ । सर्वप्रथम २००६ सालमा महाराष्ट्र, मध्यप्रदेश र गुजरातमा देखिएको थियो । त्यसपटि बंगलादेशमा र अहिले पश्चिम बंगालमा देखिएको छ । वर्ड फ्लू को संक्रमण आहिलेसम्म ६० वटा देशहरुमा देखिएको छ । हालसम्म यो रोगबाट ३७५ जनाको मृत्यु भइसकेको छ । यस रोगको हल्ला हुँदा मात्रै पनि बिगतका दिनहरुमा नेपालमा मात्रै नभै बिकसित देशहरुमा पनि ६० प्रतिशत भन्दा बढि मानिसले कुखुराको मासु खान छोडेका थिए । अहिले यो रोग विश्वभरी नै सबैको चासोको विषय बस्तुभएको छ ।
वर्ड फ्लू रोगको प्रकृति
यो खास गरी पंछी जातमा हुने रोग हो । तर अहिले मानिस लगाएत अन्य पशुपन्छीहरुमा पनि यो रोग देखिएको छ । यो बिषाणु र अति सम्वेदनशिल हुन्छ साथै यो विषाणले आफ्नो जैविक संरचना फेरी रहन्छ । त्यसै कारणले गर्दा नै यो रोगले विश्वभरनै त्रासको वातावरण सृजना गरेको छ । यो रोग सर्बप्रथम चिनमा देखिएको थियो र रोग फैलीने क्रममा दक्षिण पूर्वी एसिया हुँदै एसीया भरी फैलिई युरोपसम्मपुगी सकेको छ । वर्ड फ्लु एभिएन एन्फ्लुएन्जा विषाणु समुह अन्तर्गतको अति घातकप्रकृतिको विषाणुका कारण पैदा हुने रोग भएकोले यसलाई हाइली प्याथोजेनिक एभिएनइनफ्लुएन्जा (HPAI) पनि भनिन्छ । यसको कारक तत्व H5N1 भाइरस हो । यसरोगका लक्षणहरु पन्छिहरुमा स्वास प्रस्वास सम्बन्धि लक्षणहरु देखाउने, झोत्राउने, दाना पानी नखाने आदि हुन्छ । एभिएन इन्फ्एन्जा A, B, C तिन थरीका हुन्छन् । Type A अन्तर्गतको H5N1 ले मानिस लगाएत अन्य पशु पंक्षि बंगुर, सुगुर, घोडा, कुकुर, व्हेल आदिमा पनि असर गर्दछ । हांस, जल चरा र बसाई सरेर आउने चराहरु र जंगली चराहरु यो रोगका विषाणुको प्राकृतिक श्रोत हुन् ।
वर्ड फ्लूको बिषाणु RNA प्रकारको हुनाले यसले आफ्नो जैबिक संरचना बदल्ने भएकाले सन् १९९७ मा हङ्गकङ्गमा H5N1 को संक्रमण प्रमाणित भएको थियो । सन् १९१८ मा स्पेनमा देखिएको एभिएन इन्फ्लएुन्जाका कारण लाखौ मानिसहरुको मृत्यु भएको थियो । त्यस बेला बिषाणुको प्रकार H5N1 नभएर H1N1 प्रजातीको थियो । H1N1 अहिले विश्वभर स्वाईन फ्लु अर्थात पान्डेमिक फ्लुबाट परिचित छ । यो बिषाणुको रोग सार्ने प्रकृतिका आधारमा वर्ड फ्लुलाई २ भागमा बिभाजन गर्नसकिन्छ । अति घातक प्रकृति (HPAI) र कम घातक प्रकृति (LPAI) का गरी विशेषतः दुई प्रकारका वर्ड फ्लु हुन्छन् । H5N1 र H7N2 प्रजातीहरु अति घातक प्रकृतिका हनु् । लोप्याथोजेनिक (LPAI) मा मत्ृयु दर एकदमै कम हन्ुछ र यस प्रजातिबाट अहिलसेम्म मानिसमा रोग लागेको थाहा पाइएको छैन । यस प्रजातीबाट संक्रमण भए पछि पंछीहरुले रोगका लक्षणहरु नदेखाउने देखि लिएर मध्यम खालको लक्षणहरु, केहि मात्र लक्षणहरु देखाउने गर्दछन् । पंछीले अण्डा उत्पादन घटाउछ, स्वास प्रस्वासमा असर पर्ने र ५% सम्म मृत्य दर हुन्छ । तर साधारण अवस्थामा वर्डफ्लु संक्रमित जल चराहरुले रोगको लक्षणहरु देखाउँदैनन् । साधारण अवस्थामा बर्डफ्लु विषाणु पनि जाती विषेश हुन्छ । पंछिको विषाणुले पंक्षीलाई मात्र र मानिसको बिषाणुले मानिसलाई मात्र असर गर्दछ । तर बंगुरमा भने यी दुवै थरीका बिषाणुहरु विकसित हुन सक्छन् जसलाई मिसीने भाडो (Mixing Vessle) पनि भनिन्छ ।
यो रोगको अहिलेसम्मको इतिहास हेर्दा मानिसबाट मानिसमा सरेको पाइएको छैन । अहिलेको विश्वको चासोको बिषय H5N1 नभएर, यो रोग सार्न सक्ने नबिन बिषाणु निस्कन्छ जसले मानिसबाट मानिसमा यो रोग सार्न सक्ने हुन्छ र मानिस नै यो रोग मिसाउने भांडोको रुपमा उत्पत्ति हुन्छ भन्ने पूर्वानुमान हो । बर्डफ्लु रोगका बिषाणुको वरीपरी खोल (envelope) हुन्छ जस्ले गर्दा बिषाणु कुनै प्रकारको साबुन वा अन्य निसंक्रमण गर्ने बस्तुबाट सजिलैसंग नष्ट गर्न सकिन्छ । साथै अधिक तापकम्र र सुख्खापनबाट यो बिषाणु सजिलै मर्दछ । कुखुराको सुलीमा १०५ दिन सम्म जिवितै रहन सक्दछ । यो ४ दिनसम्म पानीमा, २२º से मा जीवित रहन सक्दछ । ६०º सेन्टिग्रेडमा ३० मिनेटमा पूरै नष्ट हुन्छ । यी बाहेक प्रयोगशालामा प्रयोग गरिने इथयानेल, आयोडिन, फर्मालिन आदिमा पनि सजिलै यो बिषाणु निष्कृय हुन जान्छ ।
रोग सर्ने प्रकृया तथा निदान
यो रोग संक्रमित पन्छीको सूलीको माध्यमबाट अधिक मात्रामा बिषाणु शरिरबाट बाहिर निस्कन्छ । यसैबाट भएको प्रत्यक्ष वा अप्रत्यक्ष संक्रमणबाट यो रोग मानिसमा सर्दछ । यस रोगका मुख्य जोखिममा पर्नेहरुमा रोग संक्रमित पानीमा पौडी खेल्ने मानिसहरु र हाम्रो जस्तो देशहरुमा जहां कुखुराको सूली मलको रुपमा कुनै प्रकारको उपचार बिना नै खेत वा बारीहरुमा सिधै प्रयोग गरिन्छ । यो एउटा रोग सर्ने उपयुक्त माध्यम हुन सक्दछ । नेपालमा जस्तै अन्य देशहरुमा पनि कुखुरा र मानिसहरु एउटै घरमा अथवा एउटै कोठामा सुत्ने, वस्ने, खाने चलन छ । यस्ता मानिसहरु लगायत ह्याचरी, पोट्री फार्म, मासु पसल आदिमा काम गर्ने व्यक्तिहरु यो रागेका अगिम्र जोखिममा पर्दछन् । यो रोगको प्रयोगशाला परिक्षण गरी बिभिन्न प्रकारका बिषाणुको प्रजाती छूट्याउन सकिन्छ ।
रोगको रोकथाम तथा नियन्त्रण
नेपालमा आजसम्म यो बिषाणुको संक्रमणलाई नियन्त्रण गर्न प्रयास गरीएता पनी यस पटक भने नियन्त्रण गर्न सकिएको छैैन । हामी हाम्रा छिमेकी देशहरुमा पटक पटक फैली राखेको अवस्थामा नियन्त्रण गर्दा गर्दै पनि दुई देश बिचमा भएको मुल्यमा रहेको अन्तरका कारणले गर्दा पनि चोरी निकासी हुने प्रबल संभावना देखिन्छ । किनकी नेपाल र भा।रतमा अण्डा, मासु लगायत कैयांै वस्तुहरुमा मुल्यमा धेरै नै अन्तर देखिन्छ । त्यस कारणले गर्दा पन्छी पन्छीजन्य पदार्थ, अण्डा लगायत प्वांख चोर बाटो हुंदै भित्रिने सम्भावना देखिन्छ । नेपाल जस्तै अन्य देशहरुमा थाईल्याण्ड, मलेशिया, भियतनाम, क्यामबोडियामा कडा नियन्त्रण हुदा हुंदै पनि पशुहरुको चोरी निकाशी नियन्त्रण गर्न सकी राखको छैैनन् । त्यसलैे हाम्रा देशमा खुला सिमाना छ । चारै तिरबाट कुनै पनि चोरीको बस्तु भित्रिन सजिलै सक्दछ । त्यसकारण भन्सार, क्वारेन्टाइन कार्यालय, चेक पोष्ट, स्थानिय प्रशासन, प्रहरी र स्थानिय बासिन्दा सबैमा यो रोग नियन्त्रण गर्ने दायित्व हुन जान्छ । नेपाल सरकारले पन्छी पन्छीजन्य पदार्थ, अण्डा लगायत प्वांख आदि पदाथर्हरु ब्र्ड फ्लु संक्रमित मुलुकहरुबाट आयात गर्न पूर्णरुपमा रोक लगाई सकेको छ । बसाइ सरेर आउने चराहरु, जंगली चराहरु र घरपालुवाा चराहरुको बासस्थान एउटै हुने भएकोले यिनीहरुबाट रोग सर्ने सम्भावना बढि देखिन्छ । नेपालमा जस्तै अन्य दशेहरुमा पनि कुखुरा र मानिसहरु एउटै घरमा अथवा एउटै को्ठामा पनि सुत्ने,बस्ने, खाने चलन छ । यस्ता मानिसहरु लगायत ह्याचरी पोल्ट्री फार्म मासु पसल आदिमा काम गर्ने व्यक्तिहरु अग्रिम जोखिममा पर्दछन् । खास गरी यिनीहरुले व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन अती जरुरी हन्ुछ । बच्चाहरुलाई चराहरुसगं खल्ैलन नदिन,े एकै पटकमा धेरै चराहरुको मत्यु भएमा नजिकको पशु सेवा कार्यालयलाई तुरुन्त खबर गरि दिनु पर्दछ । साथेै व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनु पर्ने हुन्छ । जुन सुकेै अवस्थामा पनि हामीले साबुन पानीले हात राम्रोसंग धोएर मात्र खाना खाने बानी बसाल्नु पर्दछ । कुनैे पनि खाद्य बस्तु राम्रोसंग पकाएर खाने । मासु किन्दा भुईंमा राखेको दुषित मासु वा अन्य कुनेै पनि बस्तु बजारबाट नकिनौ । यिनै व्यत्तिगत सरसफाइका साथ घर आगंन सफा राख्न सकेको अवस्थामा यो रोग लगायत अन्य धेरै रोगहरुबाट टाढा रहन सक्दछौं ।
डा. केदार कार्की