व्यवशायिक कुखुरा पालनमा रोग व्यवस्थापनका नविनतम अवधारणा

by Dr. Kedar Karki

पृष्ठभुमी: जुन सुकै प्रयोजनका लागि पालिने कुखुरा किन नहोस् यसको प्रारम्भिक रोग एवं स्वास्थ्यको उचित व्यवस्थापनले त्यो व्यवसायिले थालेको व्यवसायबाट प्राप्त के गर्ने हो निर्णय गर्छ । विगतमा परम्परागत रुपमा विभिन्न प्रयोजनका लागि पालिदै आएका कुखुराको रोग अनि तीनलाई गरिदैं आएको व्यवस्थापन पछि रोग व्याधि न थामिंदा आजका मै हुँ भन्ने कुखुरा रोग विशेषज्ञको मथिगंलमा कचिंगल परेको यथार्थ व्यश्वव्यापी भेटिन्छ ।

त्यसैले आज समग्र कुखुरा रोग विशेषज्ञहरु हिजोको आफ्ना विज्ञतालाई केहि परि।वर्तित संदर्भमा कुखुराका रोग व्यवस्थापनका बारे झिनो चर्चा गर्न लागेका छन् ।

अझ विश्व व्यापार संगठनको सदस्य राष्ट्र हुँदा आफ्ना कुखुराजन्य उत्पादन न्युनतम रोग व्याध संक्रमित अनि स्वास्थ्यका लागि उच्च सुरक्षित छन् भनि भन्न पनि आ—आफ्ना ठाउँमा पालिएका कुखुराको समग्र रोगको व्यवस्थापन परिवर्तित परिवेशमा गरेका छौं भन्न वाध्य भएका छन् ।

यसरी कुखुरा पालनमा रोग व्यवस्थापनका नविनतम अवधारणामा, न्यूनतम परिणममुखि जैविक सुरक्षाको व्यवस्था, उपचारात्मक भन्दा प्रति रक्षात्मक रोग नियन्त्रण व्यवस्थापन, समायोचित, रोग निदान एवं सो अनुसारका प्रतिरक्षात्मक खोर व्यवस्थापनले मात्र अवको कुखुरा पालन व्यवसायले निरन्तरता पाउने छ । जसका लागि ः

(क) जैविक सुरक्षा प्रवन्धन तथा कुखुराको स्वास्थ्य व्यवस्थापनः
विगतका दशकसम्म विरलै सुनिने कुखुरा पालन व्यवसायमा प्रत्येक खुट्कीलोमा आवश्यक जैविक सुरक्षा प्रबन्धन आजका कुखुरापालन व्यवसायको प्रथम प्राथमिकतामा पर्नै पर्छ । जस अन्तरर्गत कुन प्रयोजनका लागि कुखुरा पाल्ने, कस्तो ठाउँमा पाल्ने आदि इत्यादि पर्छ । यस बाहेक कुखुरा खोर, भाडाकुडा कुखुरा घरको नियमित सरसफाई निसंक्रमण र निर्मलिकरण अव दैनिक कार्य सुचि मै पर्नु पर्ने हुन्छ, नत्र के कुखुरा पाली बस्ने ?

यसरी व्यवस्थापन गरिने जैविक सुरक्षाले कुखुरामा निम्न रोग व्याधिको व्यवस्थापनलाई सहजिकरण गर्ने प्रत्याभुति यस क्षेत्रका जानकार, अनुभवी विज्ञको छ ।
(क) वर्ड फ्लु, रानीखेत, गम्बरो जस्तो रोगको सहज नियन्त्रण एवं न्यूनीकरणमा सहयोग ।
(ख) ई. कोलाई, कक्सी जस्ता बाह्रमासे रोगको प्रकोप न्यूनिकरणमा सहयोग ।
(ग) बथानमा रोग सहन क्षमता ह्रास गराउने ढुसीजन्य विषादिको असर, दिनकै लगाउदै गर्दा खोपले काम नगर्ने बरु रोग पो देखिने डर पो न्यूनिकरण गर्छ ।
(घ) न्यूनतम वातावरणिय प्रदुषित कुखुरा एवं कुखुरा जन्य उत्पादनको विश्वासनियताको प्रत्याभुति गराउँछ ।

अवका दिनमा जैविक सुरक्षा भन्नुको अर्थ ह्याजार्ड एनालाइसिस, क्रिटिकल कन्ट्रोल प्वाइन्ट अर्थात नियन्त्रण गर्न सकिने विन्दुसम्म पुगेको जोखिमको सहि विश्लेषण गर्ने क्षमता माने हुन्छ ।

ह्याजार्ड एनालाइसिस, क्रिटिकल कन्ट्रोल प्वाइन्ट का मुलभुत सिद्धान्त ः
(क) जोखिम विश्लेषण ः
कुखुरा फार्ममा उत्पादनका किसिम अनुसार जोखिम, जैविक, रसायनिक, भौतिक कुन अवस्थामा

(ख) उच्चतम जोखिम विन्दुः
जुन विन्दुमा सुधारका प्रयास थालनी गर्न सकियोस् ।

(ग) जोखिमको अन्तिम सिमा ः
अव त अति भयो भन्न न परोस् ।

(घ) अनुगमन ः
कुखुरा पालन गर्ने सोच बनाए देखि चल्ला हालेको प्रत्येक गतिविधिमा के गरियो, गरिएन, कहाँ चुकियो ।

(ङ) सुधारका प्रयास ः
ताकी उच्चतम जोखिम विन्दुसम्म पुग्न त के परोस् ।

(च) अभिलेखिकरण ः
यो नै नगर्ने हो भने के को कुखुरा पाल्नु ।

(छ) छड्के जाँच नगर्ने हो भने तपाईका कामदारले भन्ने छन् साहुको त काम कहिले जाओस् घाम ।

समग्र स्वास्थ्य सेवा प्रबाहको व्यवस्थापन तपाईक कुखुराका वथानलाई कस्तो हुनु पर्ने हो त, एक्काइसौं शताब्दिमाः
आजको कुखुरा पालन व्यवसाय विश्व व्यापि रुपमा हिजोको जस्तो जे रोग लागे पनि थरीथरीका प्रतिजैविक रसायनको जथाभावि प्रयोगको साटो सहजैविक, शरीरको प्रतिरक्षा क्षमता वर्धक अनि संतुलित पोषकहरुको प्रयोगबाट परि।चालित हुन पुगेको तथ्य आज पनि यस क्षेत्रका मै हुँ भन्ने कुखुरा विज्ञ, कुखुरा रोग विज्ञ अनि ठूलै ह्याचरी दाना उद्योग नै चलाएकालाई बुझ पचाउन गाह्रो छ । अझ विदेशबाट औषधि आयात कर्तालाई त हल्याण्ड, पोल्याण्ड र इङ्ल्याण्डबाट झिकाएको औषधि भए पो के चाहियो ।

त्यसैले अवका हाम्रा जुनसुकै प्रयोजनका लागि पालिएका कुखुरा हुन तीनलाई न्यूनतम एण्टिवायोटिक प्रयोग गराउनु पर्ने हुन्छ । त्यसको विकल्प हामीसंग उपलब्ध छ, प्रोवायोटिक अर्थात सहजैविक ः जस्ले
(क) कुखुराका शरीरमा प्राकृतिक रुपमा सघाउने सुक्ष्म जीवाणुसंग सौहाद्र मित्तेरी गाँसोस् ।
(ख) कुनै खतरनाक जिवाणु विषाणुले कुखुराका शरीर अंग, प्रणालीमा अतिक्रमण गर्न नसकोस् ।
(ग) खाएको खानेकुरा त्यसमा पोषकका तत्वको उपयुक्त चय, पचय भइ शरीरमा उपयोग होस् ।
(घ) शरीरको रोग सहन सक्ने प्राकृतिक क्षमताको संरक्षण एवं संवर्धन गर्न सकोस् अनी रोग पो के लागोस् ।
(ङ) शरीरमा प्राकृतिक रुपमा फाइदा पु¥याउने पाचन प्रणालीमा विद्यमान जिवाणु विषाणु जुन जथाभावी एण्टिवायोटिक प्रयोगबाट क्षय हुन्छन् तीनको संरक्षण एवं संवद्र्धन गर्न मद्दत पु¥याउँछ ।
(च) हानिकारक जिवाणु विषाणु विरुद्ध प्रति क्षेप्यास्त प्रहार ।
(छ) सुपाच्य प्रोटिन, भिटामिन एवं इन्जाइमको उत्पादन एवं आपुर्ती सहज गराउने ।
(ज) पाचन प्रणालीको अम्लीयपन वृद्धि गराउने ।
(झ) शरीरका विभिन्न कृयाप्रकृयाबाट उत्पन्न हुने विष विषादीको निविषिकरणमा सहयोग पु¥याउने ।

यसरी प्रति जैविकको प्रयोग कुखुराको स्वास्थ्य व्यवस्थापनमा गरिने हो भने यसले कुखुरालाई प्रचलित कम्पाइलो व्याक्टर, सालमोनेला, स्टाफाइलो कोकस र इ. कोलाइको संक्रमणबाट मात्र बचाउन्न बरु कुखुराको मासुबाट मान्छेमा सरेर जनस्वास्थ्यमा पर्ने असर पनि न्यून गर्छ जसले गर्दा आज जनमानसमा कुखुरा जे कारणले विरामी भएपनि त्यो इन्रोफ्लोकसासिन, कोलिस्टिन, टाइलोसिन नदिइ त कुखुरा के स्वस्थ हुन्थ्यो भन्ने भ्रम कुखुरा पालक, एग्रीभेट प्राविधिकको त के कुरा विज्ञ ने हु भन्ने त एकै पटक १० एण्टिवायोटिक लेख्न लाज मान्दैनन् को पनि चेत खुल्ला । यीनको प्रयोग बढि नै नगरे न्यून गर्लान जस्ले गर्दा हाम्रा कुखुरा जन्य उत्पादनमा एण्टिवायोटिक जन्य रसायनका अवशेष न्यून देखि शुन्य देखिए दरवार मार्गमा खोलेको के. एफ. सी. फ्राई चिकेन हाम्रा आफ्नै घर आंगनमा होलान्। त्यसपछि विश्व वजार पनि हाम्रै हो भन्न सकिएला ।

डा. केदार कार्की
वरिष्ठ पशु चिकित्सक

WordPress Themes