गम्बारो (Infectious Bursal Disease)

by Dr. Rebanta K. Bhattarai

यो रोगलाई Gumboro (Infection Bursal Disease/IBD) पनि भनिन्छ । गम्बारो कुखुरामा लाग्ने भाईरल र संक्रामक रोग हो । यस रोगबाट विशेष गरी ३ देखि ६ हप्तासम्मको कुखुरालाई बढि प्रभावित हुने गर्दछन् । यो रोगले विशेष गरी  Bursa of Fabricius  (वर्सा)मा असर पु¥याउँछ । वर्सा कुखुराहरुमा रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने मुख्य अंग हो । कुखुरामा रोग संग लड्न सक्ने रोग प्रतिरोधात्मक शक्ति कमी हुनाले कुखुरामा विभिन्न किसीमका रोगहरु देखा पर्न गई मृत्युदर बढ्न सक्छ ।

रोग लाग्ने तरीकाः

यो २ देखि ६ हप्ताको कुखुरामा वर्सा को रोग संग लड्ने महत्वपुर्ण भुमिका हुन्छ । जब कुनै माध्यम बाट यो जिवाणु शरिर भित्र प्रबेश गर्छ, तव वर्सामा आक्रमण गर्न शुरु गर्छ । यो जीवाणु वर्सामा वृद्धि हुन्छ, जसले गर्दा Lymphoid follicle हरु नष्ट हुने गर्छ र रोग संग लड्ने क्षमतामा कमि आउँछ । यसको साथै यसले किड्नी सुनिन्छ र किड्नीले काम नगर्ने पनि हुन सक्छ । जब रोग संग लड्ने क्षमतामा कमि आउँछ र किड्नीले काम नगर्ने हुन्छ तव कुखुराको मृत्यु हुन्छ ।

रोग सर्ने तरीकाः

गम्बारो रोग लागेको कुखुराको सुलीमा यो रोगका विषाणु निस्कने गर्दछन् । फलस्वरुप सुलीमा संक्रमिक भाइरसको कारणले गर्दा दाना, पानी, सोत्तर समेत संक्रमिक हुन जान्छ र अन्य कुखुराले ती दुषित दाना, पानी खाँदा ती कुखुराहरु पनि रोगी हुन पुग्छन् । यसको साथै रोगग्रस्त खोरबाट आएको मानिसहरु बाट पनी फार्महरुमा सजीलै रोग सर्न सक्दछ । यो रोग लागीसकेपछि रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा अन्य अवसरबादी जीवाणुहरुले पनि आक्रमण गर्न सक्दछन् ।

खोरमा कुखुराले देखाउने लक्षणहरु :

  • कुखुराहरु  (२०–८० %) सम्म झोक्राउछन्।
  • दानापानी कम (१०–७०%) खान्छन् ।
  • पखेटा लतारेर बस्छन् ।
  • चकको धुलो जस्तो सेतो पदार्थ मलद्धारमा टाँसिन्छ ।
  • टाउको निहुराई, आखाँ चिम्लिएर बस्छन् ।
  • कुखुरालाई ज्वरो आउँछ र थरथर काम्छ ।
  • भुत्ला जिङ्गरिङ्ग देखिन्छ ।

कुखुराको पोष्टमार्टम गर्दा देखिने लक्षणहरुः

  • वर्सा (Bursa of  Fabricious) सुनिएको देखिनु र उक्त भाग चिरेर हेर्दा रातो वा पिप जस्तो पदार्थ देखिन्छ ।
  • छाती तथा फिलाको मासुमा रगतको दाग देखिन्छ ।
  • किड्नी सुन्नीन्छ र रगतको दाग देखिन्छ ।
  • कहिलेकाँही चकको धुलो जस्तो पदार्थ पिसाब नलिमा  देखिन्छ ।

रोकथाम तथा नियन्त्रण 

  • Parent कुखुरामा समय तालिका अनुसार IBD को Vaccine लगाएको हुनुपर्छ । ५ हप्ता पछिको कुखुरामा यो रोग देखिन्न तर Vaccine गरेको छैन भने त्यस्ता Parent को चल्लामा बढि गम्बारो रोग लाग्ने सम्भावना देखिन्छ ।
  • ब्रोइलर कुखुरालाई १०–१२ दिनमा IBD Vaccine आँखामा लगाउने पुनः १८–२० दिनमा IBD B2k, Bur 706 Vaccine लगाउने ।
  • फार्म वरीपरी सफा राख्ने र बजारमा उपलब्ध हुने Disinfectant  हप्तामा १ पटक प्राबिधिकको सल्लाह बमोजिम छर्ने ।
  • फार्ममा सकेसम्म धेरै मानिसहरु पस्न नदिने । पस्नु परेमा अनिवार्य कपडा बदली नुहाएर मात्र पस्ने ।

उपचारः

  • Immune Modulator हरुको प्रयोग गर्नुे पर्छ । जस्ले रोग संग लड्ने शक्तिको बिकाश गर्न सहयोग गर्दछ @ Immuno
  • मृगौला सुन्निएको कम गर्न Gumbovit  or Carniforcyl  चलाउन सकिन्छ ।
  • SecondaryInfection रोक्न एन्टिबायोटिक Neodox/Bindox को अवस्था हेरेर प्रयोग गर्दा राम्रो हुन्छ ।
  • Vitamin E र सेलेनियम भएको औषधि E-care se, delvit E  प्रयोग गर्दा राम्रो हुन्छ ।
  • ज्वरो कम गर्न Paracetamol Veterinarian को सल्लाहमा चलाउनु पर्छ ।
  • भाइरल रोग भएको हुँदा यस्को उपचार खासै प्रभावकारी  हुदैन ।

औषधि उपचार आफैले गर्दा आफैलाई अप्ठारो पर्न सक्छ । त्यसैले प्राविधिक सहयोग Veterinarian बाट लिइ उपचार गराउनु पर्छ ।

WordPress Themes