कुखुराले पिउने पानिको अम्लियकरण गर्नुको महत्व

by    Dr. Bibek Bandhu Regmi

परिचय:-  पशुपन्क्षिको लागि सबैभन्दा महत्वपूर्ण पोषक तत्व हो – पानि । कुखुराले दाना भन्दा पानि बढी खाने गर्दछ । शरीरको लगभग सबै जैविक प्रक्रिया र प्राणालीको लागि पानि नभई हुँदैन । पाचन नलीमा दाना एवं पोषक तत्व ढुवानी गर्ने माध्यम पनि पानि नै हो । पन्छीको शरीरको तापक्रम नियन्त्रण गर्ने भूमिका पनि पानिले नै खेल्दछ । साथै शरीरको थुप्रै रासायिनिक प्रक्रियाको अभिन्न तत्व हो – पानि । तर विडम्बना, अरु विभिन्न पोषक तत्वले जस्तो यथोचित ध्यान पाएको हुँदैन पानिले । आधुनिक व्यवसायिक कुखुरापालनमा पन्क्षिलाई जीवाणुको संक्रमणबाट मुक्त राख्नको लागि कुखुराले खाने पानि सकेजति सफा र शुद्द हुनुपर्दछ । पाचन तन्त्रको अवस्था तन्दुरुस्त (हानि नगर्ने कमेन्सल जीवाणु यथोचित मात्रामा हुनुपर्छ) राखी आन्द्राबाट अधिकतम मात्रामा पोषण तत्वको शोषण गर्नको लागि खानेपानि गुणस्तरीय हुनु अत्यावश्यक छ ।

कुखुराको शरीरभित्र हानिकारक जीवाणुको वृद्दि–विकास हुने प्रक्रिया
कुखुराको स्वास्थ्यलाई नकारात्मक असर गर्ने जीवाणु (Harmful microorganism)वृद्दि हुने कुरा निम्न पक्षहरुमा भर पर्दछ ः

१. वाटर एक्टीभिटी (Water Activity) ः कुखुराको शरीरभित्र हानिकारक जीवाणु (जस्तै ः ई. कोलाई, सालमोनेला, क्यापाइलोब्याक्टर आदि) को वृद्दि–विकास हुनको लागि वाटर एक्टीभिटीको ठुलो भूमिका हुन्छ । हानिकारक जीवाणुलाई वाटर एक्टीभिटी मान ९ भन्दा बढी चाहिन्छ ।

२. पि. एच. (P.H.) ः हानिकारक जीवाणुको वृद्दि–विकासको लागि अर्काे महत्वपूर्ण पक्ष हो – पि. एच. मान । ई. कोलाई, सालमोनेला र क्यापाइलोब्याक्टर जस्ता जीवाणु ४.६ देखि ८ पि. एच. मा बाँच्न सक्छन र पि. एच. मान ७ हुँदा ति जीवाणुको वृद्दि–विकास व्यापक हुन्छ । सामान्यतया, पानीको पि एच ६.८ देखि ८ हुन्छ । तसर्थ सामान्य पानीमा संक्रामक जीवाणु सजिलै वृद्दि–विकास हुने हुन्छ ।

३. तापक्रम (Temperature) ः त्यस्तै, हानिकारक जीवाणुको वृद्दि–विकासको लागि अर्काे महत्वपूर्ण पाटो हो – तापक्रम । करिब ३७ डिग्री सेन्टीग्रेड तापक्रमको आसपासमा जीवाणुको वृद्दि–विकास अधिकतम हुन्छ । गर्मीयाममा तातिएको पानिमा संक्रामक जीवाणु अधिक मात्रामा हुन्छ । तसर्थ गर्मीयाममा पानि चिस्याउने व्यवस्था गर्नसके संक्रामक जीवाणुको प्रभावलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

४. पोषण (Nutration) ः वाटर एक्टीभिटी, पि. एच. र तापक्रम अनुकुल भएको अवस्थामा संक्रामक जिवाणुले दाना र मलबाट आफुलाई चाहिने पोषण ग्रहण गर्दै वृद्दि–विकास हुन्छन ।

कुखुराले खपत गर्ने पानिको गुणस्तर
पानीको नमूना लिएर व्याक्टेरियल मुल्याङ्कन र रासायानिक मुल्याङ्कन गर्न सकिन्छ जसबाट पानीको गुणस्तर कस्तो छ भनी निक्र्याैल गर्न सकिन्छ । रासायनिक मुल्याङ्कन गरेर पानीका विविध लवण तत्वको भार के – कति छ भनेर पत्ता लगाउन सकिन्छ । त्यस्तै माइक्रोवायोलोजी ल्याबमा व्याक्टेरियल मुल्याङ्कन गरेर पानिमा हुने जीवाणुको मात्रा पत्ता लगाउन सकिन्छ । कुखुराले खपत गर्ने पानिको कूल व्याक्टेरियल गन्ती (Total bacterial count) १०० सी. एफ. यू. भन्दा कम र कोलिफर्म गन्ती (Coliform count) ५० सी. एफ. यू. भन्दा कम हुनुपर्छ ।

विभिन्न जैविक अम्लको समिश्रणको प्रयोग गरी पानिको गुणस्तरको नियन्त्रण

सामान्यता पानीमा क्लोरिन, हाइड्रोजन परोक्साईड र पर एसिटिक एसिड आधारित सानिटाईजार प्रयोग गर्ने गरिन्छ जसले पानीमा हुने जीवाणुलाई मार्ने काम गर्दछन । तर पानीमा जैविक पदार्थ (Organic matter) भएको खण्डमा यिनीहरुको प्रभावकारिता न्यून हुन्छ । जैविक अम्लको समिश्रण पानीमा ०.०५ देखि १ प्रतिशतको दरले प्रयोग गर्दा पानीमा हुने ई. कोलाई र सालमोनेला जस्ता जिवाणु ४५ मिनेट भित्रै मर्छन । जैविक अम्लको प्रभावमा न्यूनीकरण भएको पि. एच. र बफर भएको जैविक अम्लको साल्ट यसको कारक तत्व हुन । एकल जैविक अम्ल भन्दा पनि विभिन्न जैविक अम्लको समिश्रण बढी प्रभावकारी हुन्छ । पानीमा मात्र नभएर पानि खाइसकेपछि कुखुराको पाचन नलीमा समेत पुगेर जैविक अम्लले जीवाणुलाई निषेध गर्ने एन्टीमाइक्रोबियल भूमिका खेल्दछ । पानीमा मिसाइने जैविक अम्लले पाचन नलीमा हुने अहित नगर्ने जिवाणु (Commensal microorganism) वृद्दी गराउने भूमिका पनि खेल्दछ । यसरी जविक अम्लले समग्र पाचन स्वास्थ्यलाई सुदृढ गराउने भूमिका खेल्दछ जसले गर्दा शरीरले आन्द्राबाट पोषण तत्वलाई अधिकतम मात्रामा खिचेर लिन सक्छ र पन्छीको समग्र उत्पादनमुलक प्रश्तुति (Productive performance) राम्रो हुन जान्छ ।

पानि सफाई र अम्लियकरण गर्दा ध्यान दिनुपर्ने कुराहरु
पोल्ट्री खोर सरसफाई गर्दा असाध्यै ध्यान दिनुपर्ने कुरा हो – पानि पाईप लाईन भित्रको सफाई । पाईप लाईन भित्र जम्मा परेको जैविक लेउ (Biofilm) र धातुको कडा जमावट (Scale) लाई राम्रोसँग हटाउनु पर्दछ । सामान्य सानिटाईजरले नत Biofilm हटाउन सक्छ नत क्अबभि नै हटाउन सक्छ । स्थिर गरिएको सानिटाईजर र जैविक अम्लको उचित समिश्रण र मात्राले केहि घण्टाभित्र नै तिनलाई पगाल्छ । त्यसपछि पानीको उचित चाप (Pressure) ले पर्याप्त समयसम्म फ्लसिंग (Flushing) गर्नुपर्छ ताकि पग्लिएको Biofilm र Scale  ले पूर्णतया निकास पाओस । अन्यथा Biofilm र Scale ले पानि सप्लाई च्यानललाई ब्लक गरेर पानीको बहावलाई नै जाम गरिदिन सक्छ ।

अन्त्यमा
कुखुराले खपत गर्ने पानि अम्लियकरण गर्नाको फाइदाहरु संक्षेपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ ः

  • चल्लाको जीवनको सुरुवाती अवस्थामा नै चल्लाले खाने पानीको उचित सुद्दिकरण र अम्लीयकारण गर्नाले सुली पातलो (Diarrhea) हुने समस्या न्यूनीकरण गर्न मद्दत पुग्दछ ।
  • पानि अम्लियकरण गर्नाले पाचन नलीमा कमेन्सल (अहित नगर्ने) जिवाणु वृद्दी गराउने भूमिका खेल्दछ ।
  • उचित मात्रामा पानि अम्लियकरण गर्नाले कुखुराको समग्र पाचन स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्छ ।
  • पाचन स्वास्थ्य सुदृढ भएपछी दानाबाट प्राप्त हुने पोषण तत्वलाई आन्द्राबाट शरीरले अधिकतम मात्रामा खिचेर लिन सक्छ ।
  • शरीरमा पोषक तत्वको अधिकतम उपभोग भएपछी कुखुराको उत्पादनमुलक प्रश्तुति (Productive performance) राम्रो हुन जान्छ । अतः व्रोइलरबाट अधिकतम मासु, लेयर्सबाट अधिकतम अण्डा र प्यारेन्टबाट अधिकतम चल्ला प्राप्त गर्न सकिन्छ । मानवले खपत गर्ने मासु तथा अण्डाको गुणस्तर राम्रो हुन्छ । साथै खोरमा लगेर पालिने नयाँ चल्लाको गुणस्तर पनि राम्रो हुन्छ ।
  • पोषण अवस्था राम्रो भैसकेपछि रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । रोग–व्यादी लाग्ने समस्या न्यूनीकरण भएर जान्छ ।
  • कुखुरा स्वस्थ्य भएपछी औसधि–उपचारमा हुने खर्च कटौती हुन्छ । फलस्वरूपः अधिक मनाफा लिनसक्ने आधार तयार हुन्छ ।

बजारमा उपलब्ध केही असरदार जैविक अम्लहरु
१.Elimin-8

निर्देशित डोज ः ०.५ एम. एल. प्रति लिटर पानीमा लगातार

२.H-Plus

निर्देशित डोज ः पानिको पि. एच. अनुसार

पानीको पि. एच.                                            डोज
८.५ र सो भन्दा माथि                                   ४ देखि ५ एम. एल. प्रति १० लिटर पानिमा लगातार
८ देखि ८.५                                                 ३ देखि ४ एम. एल. प्रति १० लिटर पानिमा लगातार
७ देखि ८                                                    १ देखि २ एम. एल. प्रति १० लिटर पानीमा लगातार
७ भन्दा कम                                               ०.५ देखि १ एम. एल. प्रति १० लिटर पानीमा लगातार

३.Supracid

निर्देशित डोज ः ०.२ एम. एल. प्रति लिटर पानीमा लगातार

डा. विवेक बन्धु रेग्मी
कन्शलटेन्ट भेटः पोल्ट्री कन्शलटेन्शी एण्ड डायग्नोष्टिक ल्याब, दाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा. लि., घोराही, दाङ

WordPress Themes