कुखुरामा हिट स्ट्रेसको व्यवस्थापन…

by Dr. Santosh Ghimire

गर्मी महिनामा कुखुरापालक कृषकहरुको लागि आइपर्ने थुप्रै समस्याहरु मध्ये गर्मीको तनाव एक प्रमुख समस्या हो । जसलाई हामी हिट स्ट्रेस पनि भन्ने गर्दछौं । हिट स्ट्रेस गर्मी महिनामा उच्च वातावरणीय तापक्रम र त्यसको सँगसँगै उच्च सापेक्षिक आर्दता भएको समयमा बढी देखा परेको पाइन्छ । त्यसकारण कुखुराको उत्पादकत्वमा नराम्रो असर पर्न जाने हुँदा उचित समयमा उपयुक्त व्यवस्थापन गर्नुपर्ने हुन्छ । चिसो महिनाको अन्तसँगै सुरुको गर्मी महिनाको दिनहरुमा हिट हिट स्ट्रेसको दर पनि ह्वात्तै बढेको पाइन्छ । वयस्क कुखुराको गर्मीको तनावबाट जोगिन वातावरणीय रुपमा रुपान्तरण गर्नको लागि करिब कम्तीमा ५ दिन समय लाग्ने गरेको पाइन्छ । हिट स्ट्रेसको कारणले कर्टिकोस्टेरोइड हर्माेन उत्पे्ररित भई कुखुराको बृद्धि विकासमा असर गरेको पाइन्छ ।

हामी सबैलाई थाहा छ कि अन्य पशुहरुको जस्तो कुखुरामा पसिना ग्रन्थी हुँदैन त्यसकारण ताप सन्तुलन राख्नको लागि मुख्यतः ४ विधिहरु प्रयोगमा आएको हुन्छ । कुनै पनि माध्यमको प्रयोग नभइ छालाको सतहबाट हावा हुदैं अर्को कुखुरामा वा अन्य वस्तुमा शारीरिक तातो फाल्ने तरिकालाई रेडियसन भनिन्छ । त्यस्तै कन्डक्सनको माध्यमबाट शरीर मा उत्पन्न भएको तापक्रम चिसो वस्तुमा जस्तै केज, सोत्तर, पाइपका लाइनमा सार्ने काम गर्दछ । साथै कन्भेक्सनको माध्यमबाट पनि शरीरको तातो वरिपरीको चिसो हावामा फैलने गर्दछ । माथिका तीन रेडियसन, कन्डक्सन र कन्भेक्सन कुखुराको शारीरिक तापक्रम सन्तुलन राख्नको लागि सघाउ पु¥याउछ जब वातावरणीय तापक्रम २८–३५ डि.से. को बिचमा रहेको हुन्छ । यदि वातावरणीय तापक्रम कुखुराको शारीरिक तापक्रम (४१ डि.से.) जति नै पुग्यो भने माथि उल्लेखित तातोपना नियन्त्रण गर्ने प्रक्रियामा कमि हुन जान्छ ।

यस्तो अवस्थामा कुखुराले मुख खोलेर छिटो छिटो सास फेर्ने काम गर्दछ । जस्लाई हामी प्यान्टिङ्ग भन्दछौ । श्वासनलीबाट पानीको वाष्पिकरण भई ताप बाहिर गइरहेको हुन्छ । १ ग्राम पानीको वाष्पिकरण हँुदा ४५० क्यालोरी बराबरको जीवन धान्ने शक्ति खर्च भएको हुन्छ । यो अवस्थामा कुखुराले पखेटा लतार्ने, दाना कम खाने र पानीको खपत बढ्ने, अण्डा उत्पादनमा कमी आउने र अण्डाको बोक्रा कमजोर हुने, गुणस्तर बिग्रने र अन्त्यमा मृत्यु हुने गर्दछ । अत्याधिक छिटो–छिटो सास (स्वाँ–स्वाँ) फेराइको कारणले फोक्सोबाट अत्याधिक मात्रामा CO2 ग्याँस बाहिर आउँदछ ।

जसले गर्दा रगतमा अम्ल/क्षारको सन्तुलन बिग्रन गई रगतको PH बढि हुन्छ (क्षारीय वृद्धि) त्यसकारण आयोनाइज्ड क्यालसियमको कमि आई अण्डाको बोक्रा गुणस्तर बिग्रनुको साथै हड्डी पनि कमजोर हुन थाल्दछ । फलस्वरुप गर्मीको तनाबबाट जोगाउन उपयुक्त अभ्यासहरु अपनाउन कृषकहरु समक्ष सिफारीस गरिन्छ ।

१) दानाको पौष्टिकताको व्यवस्थापन –

  • कुखुरालाई दाना रातमा र सबेरै विहान प्रकाशको व्यवस्था मिलाएर दानाखपतमा बढवा दिन सकिन्छ ।
  • खोरको तापक्रम २९ डि.से. भन्दा हरेक २.५ डि.से. तापक्रमले बृद्धि हुदाँ दानामा पाइने शक्तिको मात्रा करिब २२ अबरिपन ले घटाउने साधारण नियम रहि आएको छ ।
  • दाना हुने कूल अनुपातमा यथावत राखेर बढाउनुपर्दछ । किनभने कार्बोहाइट्रेड र प्रोटिनको तुलनामा FAT ले सबैभन्दा कम ताप शरीरमा उत्पन्न हुने गरेको पाइन्छ ।
  • घट्दो दानाको खपतको अनुपातमा एमिनो एसिड जस्तै लाइसिन मिथिथोनीन, भिटामिन, मिनरल इत्यादि दानाको सुत्रमा पोषण विषेशज्ञसँग सरसल्लाह गरेर बढाउन सकिन्छ ।
  • दानामा एन्टिअक्सिडेण्ट जस्तै Vitamin E २५० मि.ग्रा./के.जी. र भिटामिन C ४०० मि.ग्रा./के.जी.को हिसाबले मिसाउन सकिन्छ ।
  • दानामा पोटासियम क्लोराइड, एमोनियम क्लोराइड, सोडियन बाइकार्बोनेट इत्यादि फिड एटिलमेन्टहरु दक्ष प्राविधिकहरुसँग सरसल्लाह गरेर थप्न सकिन्छ ।

२) खोरको डिजाइन

  • खोरको संरचना पूर्व–पश्चिम लम्बाइ उत्तर दक्षिण फर्कने गरी बनाउनुपर्दछ । साथै खोर को छानो अग्लो बनाउनु पर्दछ ।
  • उपयुक्त खोरको क्षेक्रफलमा निश्चित संख्यामा मात्र कुखुरापालन गर्नुपर्दछ । धेरै बाक्लो हुने गरी कुखुरापालन गर्नु हुँदैन ।
  • सकेसम्म खोर वरपर खुल्ला ठाउँ राखी खोर वरपरी धेरै बाक्लो नबनाइ रुख उमार्न सकिन्छ ।
  • छानाबाट ताप हटाउन छानाको छेउमा पानी स्प्रिकलर राखि दिनमा ३ र ४ पटक छानामा पानी छर्कन सकिन्छ ।
  • तापको परावर्तन गर्न सक्ने सामाग्रीहरुबाट छानाको निर्माण गर्नुपर्दछ । छानामा खरहरुको छाप्रो लगाउन सकिन्छ ।
  • पानीको ट्याङ्की धेरै तातो हुनबाट जोगाउनुपर्दछ ।
  • भेन्टिलेशनको उचित व्यवस्थापन मिलाउनुपर्दछ । साथै खोरमा पंखा, वाष्पीय चिस्यान प्रणाली Evaporative coolers वा Evaporative fogging प्रणाली जडान गर्न सकिन्छ ।

३) अन्य व्यवस्थापकीय अभ्यासहरु –

  • साधारणतया उच्च वातावरणीय तापक्रम हुने अवधिको अनुमान कृषकलाई पहिला नै थाहा हुने हुँदा सोहि अनुरुप उपयुक्त व्यवस्थापन मिलाउनु पर्दछ ।
  • अत्याधिक गर्मीको समयमा दाना भिजाएर तत्काल दिन सकिन्छ तर ढुसि लाग्नबाट भने बचाउनुपर्दछ अन्यथा कुखुरालाई झन् नकरात्मक असर पर्न जान्छ ।
  • गर्मियाममा अत्याधिक वातावरणीय तापक्रमको बृद्धिको कारणले खोप बिफल हुने सम्भावना बढि भएकोले विभिन्न रोग लाग्न सक्छ । त्यसैले खोप बिहानको समय (चिसो समयमा) दिनुको साथै खोरको सरसफाइ लगायत जैविक सुरक्षाको प्रवन्ध चुस्त दुस्त र ाख्नुपर्दछ ।
  • सामान्यतया खोरको तापक्रम २१ डि.से.भएको बेलामा पानी र दानाको औषत खपत दर २ः१ हुन्छ तर यो दर ३८ डि.से. मा ८ः१ हुन्छ । त्यसकारण कुखुरालाई चाहिएको परिमाणमा पिउने पानीको उपलब्ध गराउनु पर्दछ ।
  • पानीको खपत बढाउन र दाना कमी खाएको कारणबाट कुखुरालाई पर्न जाने असरलाई न्युनीकरण गर्न इलेक्ट्रोलाइट, भिटामिन, मिनरलहरु अवस्था हेरेर दिनुपर्ने हुन्छ ।
  • पानीबाट दिइने भ्याक्सिन, औषधि गर्मियाममा बढ्दो पानीको खपतलाई मध्यनजर गरी ठीक तरीकाले दिनुपर्दछ ।
  • कुखुरामा गरीने नियमित अभ्यासहरु जस्तै ठूडँ काट्ने, भ्याक्सिन दिने, कुखुरा सार्ने काम इत्यादि दिनको चिसो समयमा गर्नुपर्दछ ।

 

अन्त्यमा, गर्मिको तनावबाट जोगाउन कुखुरालाई एउटै कार्यविधि अपनाएर हुँदैन त्यसको लागि माथि उल्लेखित गरीएका उपायहरु अवलम्बन गरी डिटस्ट्रेसबाट कुखुरालाई बचाउन सकिन्छ ।

डा. सन्तोष घिमिरे

पशुसेवा कार्यालय भरतपुर, चितवन ।

 

WordPress Themes