रामेछाप अण्डा उत्पादक संघद्धारा पोल्टी दिवसको अबसरमा विरामीलाई अण्डा

सातौँ पोल्टी दिवसको अबसरमा रामेछाप अण्डा उत्पादक संघले सदरमुकाम मन्थलीमा रहेका निजि तथा सरकारी अस्पतालमा वेड भर्ना भएका विरामीहरुलाई अण्डा प्रदान गरेको छ ।

संघले आज सदरमुकाम मन्थलीमा रहेका ५ ओटा अस्पतालहरुका ४ जना सुत्केरी महिला सहित १५ जना वेड  भर्ना भएका बिरामीहरुलाई प्रति ब्यक्ति ३० वटाको दरले अण्डा वितरण गरिएको रामेछाप अण्डा उत्पादक संघका सचिव सुनिल रायले जानकारी दिनुभएको छ ।

https://www.farm.com.np/product/mediplex/

उहाँका अनुसार प्राथमिक स्वास्थ केन्द्र, साहारा सामुदायिक अस्पताल,रामेछाप सामुदायिक अस्पताल, दिल श्री मेडिकल र तामाकोशी सहकारी अस्पतालमा भर्ना भएका  बिरामीहरुलाई अण्डा वितरण गरिएको हो । “ एक दिन होइन हरेक दिन अण्डा र मासु भान्साको सान सवोत्तम प्रोट्रिन,स्वस्थ्य जिबन ” भन्ने मुल नाराका साथ  रामेछाप मन्थलीमा सातौँ राष्ट्रिय पोल्टी दिवस मनाइएको हो ।

hajurkoradio

Article by