भ्रामक समाचरप्रति पशु सेवा विभागको गम्भीर ध्यानाकर्षण

भाद्र ३, काठमाडौँ । विश्वव्यापी रुपमा फौलिएको नोबेल कोरेना (COVID 19) भाइरसको महामारीबाट नेपाल पनि आक्रान्त भइरहेको व्यहोरा सम्पूर्णमा अवगत नै छ । यसै सन्दर्भमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाहरुमा नेपालको आत्मनिर्भर पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचरप्रति नेपाल सरकार कृषि तथा पशुपन्छी विकाश मन्त्रालय अन्तर्गत पशु सेवा विभागको प्रेस विज्ञप्ती सहित गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस विज्ञप्ती यस प्रकार रहेको छ ।

विश्वव्यापी रुपमा फौलिएको नोबेल कोरोना (COVID 19) भाइरसको महामारीबाट नेपाल पनि आक्रान्त भइरहेको व्यहोरा सम्पूर्णमा अवगत नै छ । यसै सन्दर्भमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाहरुमा कुखुराको मासुमा कोरोना जस्ता नकारात्मक समाचारहरु प्रकाशित तथा प्रसारण भइरहेको उजुरी प्राप्त भएकोमा नेपालको आत्मनिर्भर पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचरप्रति पशु सेवा विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।

हालसम्म विश्व स्वास्थ्य संगठन (WHO), विश्व पशु स्वास्थ्य संगठन (OLE) लगायत अन्य अनुसन्धान निकायबाट समेत कुनै पनि जनावर वा पन्छीबाट कोरोना भाइरस सर्ने बैज्ञानिक आधार नरहेको विषय सम्पूर्ण उपभोक्तावर्गमा सादर अनुरोध छ । कुखुराको मासु तथा अण्डाको नियमित सेवनबाट कोरोना भाइरसको विरुद्द रोग प्रतिरक्षा क्षमता अभिवृद्धि एवम् अन्य संक्रमणबाट जोगाउन अत्यावश्यक प्रोटिन तथा अन्य पोषकतत्वहरु उपलब्ध हुने व्यहोरा समेत सम्पूर्ण उपभोक्तामा सादर अनुरोध छ । साथै भ्रामक एवम् कपोकल्पित समाचारहरु प्रकाशित प्रसारित नगर्न नगराउन र आम उपभोक्ता समेत यस्ता तथ्यहिन समाचारबाट भ्रमित नहुन समेत अनुरोध छ ।

Article by