भारतबाट अवैध रूपमा ल्याइएको कुखुरा नियन्त्रणमा

रुपन्देही, ४ चैत । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याइएको ५६० बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । लु १ ख ७७४२ नम्बरको गाडीमा ल्याइएको कुखुरा नष्ट गरिएको पशु क्वारेनटाइन बेलहिया रुपन्देहीका प्रमुख डा शिवलाल भुसालले जानकारी दिनुभयो ।

अवैध रूपमा कुखुरा ल्याउने व्यक्तिलाई ३५ हजार जरिवाना तिराइएको छ भने गाडी भैरहवा भन्सार कार्यलयमा जिम्मा लगाइएको छ । विदेशबाट स्थल मार्ग हुँदै नेपालमा कुखुरा, अण्डा, माछा तथा मासु आयात गर्न प्रतिबन्ध छ । दैनिक भारतका विभिन्न शहरबाट लुकाईछिपाई चोर बाटोबाट अवैध कुखुरा र अण्डा नेपाल भित्रिँदै आएको छ । जसले गर्दा नेपाली व्यवसाय तथा किसानहरू मर्कामा पर्ने गरेका छन् ।

Article by