भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको चल्ला बरामद ।

काठमाडौं : पर्साको बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टीबाट प्रहरीले बोइलर कुखुराको चल्ला मंगलबार विहान बरामद गरेको छ । मंगलबार विहान ३ बजेको समयमा अरमपट्टी प्रहरी चौकीबाट खटेको प्रहरीको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ५५४४ वटा कुखुराको चल्ला बरामद गरेको जनाएको छ । ३ ४ जनाको समूहमा रहेका मानिसले टाउकोमा कार्टुनभित्र चल्ला राखेर ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोली देखिपछि उनीहरु चल्ला छाडेर फरार भएको प्रहरीले जनाएको छ ।बरामद गरिएको कुखुराको चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेटाइन चेकपोष्ट सिर्सिया बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Source:- nsonlinekhabar

Article by