कच्चापदार्थको भन्सार वृद्धिले दाना उद्योग मारमा

सरकारले सार्वजनिक गरेको २०७५/०७६ को बजेटले पशुपंक्षीको दाना उत्पादन गर्ने उद्योगहरु मारमा परेको गुनासो गरेका छन् । यो बजेटले कुखुरा तथा पशुको आहारा उत्पादन गर्ने उद्योगहरुलाई निराश बनाएको उनीहरुको भनाई छ ।

सरकारले प्रस्तुत गरेको बजेटमा दाना बनाउन विदेशबाट आयत गर्ने कृषिजन्य कच्चापदार्थ मकै र भटमासको पिनामा भन्सार महशुस १.६ प्रतिशतबाट एकैचोटि ५ प्रतिशतमा पु¥याएकाले यसबाट पशुपंक्षी व्यवसायमा काम गरिरहेका सबैलाई समस्या पर्ने बताइएको छ । दाना उद्योगलाई धरासायी बनाउने किसीमको बजेट सार्वजनिक भएको छ,’ दाना उद्योग संघका केन्द्रीय सदस्य तथा प्रोबायोटिक फिड इन्डस्ट्रिजका कार्यकारी अधिकृत डा. दिनेश गौतमले बताए ।

एकातिर कच्चापदार्थको आयातमा ड्युटी करिब ३.४ प्रतिशतले बढाइयो, तर तयारी दाना आयातमा ड्युटी ५ प्रतिशत पूर्ववत् छ,’ गौतमले अगाडि थपे, यसले विदेशबाट आयात गरिने पशुपंक्षीको दाना नेपाली उत्पादनभन्दा सस्तो र स्वदेशी उद्योगले उत्पादन गरेको दाना महँगिने सम्भावना उत्पन्न गराएको छ । यसले विशेशबाट आयातित तयारी दानासँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न सक्दैनन् । हिजोसम्म नगन्य मात्रामा आयात गरिँदै आएको विदेशी दाना अब नेपालमा आयात हुने बाटो खुलेको छ । जसले स्वदेशी उद्योगको लगानि जोखिममा पर्ने उनले बताए ।

डा. गौतमका अनुसार कच्चापदार्थमा ड्युटि बढाउन्दा तयारी दाना आयातमा पनि बढेको भए त्यति समस्या हुँदैन थियो । यस्तो कदमले व्यापार घाटा कम हुँदैन् झन् बढ्छ । नेपालमा अहिले १०३ वटा पेलेट दाना उद्योगहरु सञ्चालनमा छन् । पशुपक्षीको दाना उत्पादनमा नेपाल आत्मनिर्भरसमेत भइसकेको छ ।

Source:-पोल्ट्री न्यूज,

Article by