बेलौरीमा चार क्विन्टल कुखुरा बरामद

केशब भट्ट ,बेलौरी ,२० माघ । सशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट बेलौरीले भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको चार क्विन्टल कुखूरा बरामद गरेको छ ।

सोमबार बिहान भारतबाट कंचनपुरको बेलौरी नगरपालिका वडा नं. १ थापाचौराह हुदैँ नेपाल भित्रिदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल वर्डर आउट पोष्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथको कमाण्डमा खटिएको मोटरसाइकल गस्तिले चार क्विन्टल (असि हजार) मूल्य बराबरका कुखूरा बरामद गरेको जनाइएको छ । बरामद गरिएको कुखुरा पशु क्वारान्टाइन चेक पोष्ट बेलौरी, उद्योग वाणिज्य संघ बेलौरी तथा स्थानियबासीको रहोबरमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथले जानकारी दिनुभयो ।

Source:-radiobelauri

Article by