प्रदेश नं.- ३ को ह्याचरी उद्योग संघको, अध्यक्षमा ज्ञानबहादुर बिसुराल चयन

चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज भरतपुरमा आयोजित साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिनुभएको छ । बिसुराल नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को संस्थापक अध्यक्षसमेत बन्नुभएको छ ।

नेपाल हयाचरी उद्योग सघ प्रदेश न ३ को प्रथम साधारणसभा बाट निम्नानुसारको कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ ।
१)अध्यक्ष श्री ज्ञानवहादुर बिसुराल
२) उपाध्यक्ष श्री परशुराम अधिकारी
३) सचिब श्री मनोज रानाभाट
४) कोषाध्यक्ष श्री शिवराज उप्रेती
५) सदस्य श्री पुरु खनाल
६) सदस्य श्री हरिकृष्ण खनाल
७) सदस्य श्री घनश्याम पौडेल
८) सदस्य श्री दिपेश श्रेष्ठ
९) सदस्य श्री सुनिल ढकाल
१०) सदस्य श्री ओमप्रकाश कार्की
११) सदस्य श्री सन्जीव ढकाल
१२) सदस्य श्री बिजया देशार
१३) सदस्य श्री अनुज बि सी

संघका नवनिर्वाचित प्रदेश अध्यक्षलगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई साधारणसभाका प्रमुख अतिथिसमेत रहनुभएका नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

साधारणसभाका प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका अध्यक्ष बिष्ट, विशिष्ट अतिथिद्वय नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोखरेल र नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल तथा अतिथिहरु उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन च्याम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल भट्टराई र रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

साधारणसभामा संघका चितवन शाखा सचिव मनोज रानाभाटले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवराज उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नेपाल ह्याचरी उद्योग संघको विधानले अबदेखि संघका जिल्ला शाखाहरु नरहने व्यवस्था गरेको छ ।

newsvitto

Article by