नेपाल दाना उद्योग संघ चितवनको अध्यक्षमा पुनः खनाल

पटिहानी (चितवन), २५ पुस । नेपाल दाना उद्योग संघ चितवन शाखाको साधारण सभाले बालचन्द्र खनाललाई पुनः अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । आज शनिबार पटिहानीमा सम्पन्न साधारणसभाले नौ सदस्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बिनोद पोखरेल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा युवराज पाठक र सदस्यहरुमा लिलाबल्लभ चापागाई, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडेल र निराजन खनाललाई चयन गरेको छ ।

साधारणसभामा संघका केन्द्रीय अध्यक्ष रविन पुरिले कच्चा पदार्थमा विदेशी निर्भरता हटाउनु पर्ने बताउनुभयो । उहाँले सरकारले लगाएको कृषि सुधार शुल्क हटाउनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायणहरि खत्री र टिकाराम पोखरेलले लागत मूल्य बढी हुँदा चल्ला, अण्डा र मासुको मूल्य बढी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल दाना उद्योग संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेल, संघका जिल्ला उपाध्यक्ष बिनोद पोखरेललगायतले बोल्नु भएको थियो । जिल्लामा २५ वटा दाना उद्योग रहेका छन् ।

Article by