घोराही ५ दाङ सुरक्षीत कुखुरा तथा दाना ब्यबसायि समिति घोराही दाङको आयोजनामा यहि माघ १० देखि २० गते सम्म घोराहीमा हुने ५ नं प्रदेश स्तरीय पोल्ट्री महोत्सव तथा प्रदर्शनि २०७५ को तयारी करीव करीव ६५ प्रतिशत पुरा भएको आयोजकले जानकारी दिएको छ ।
आज घोराहीमा महोत्सव आयोजक समितिका सह संयोजक महेन्द्र बुढाथोकि, प्रचार प्रशार उपसमिति संयोजक पोषणनाथ योगि, स्वयमसेबक परीचालन समिति संयोजक समिर केसि लगायत पत्रकारको संयुक्त टोलिले महोत्सव स्थल अवलोकन गर्दै सो कुराको जानकारी दिएको हो ।
त्यस्तै बाल उद्यानका सम्पुर्ण सामग्रि पनि महोत्सव स्थलमा आएसकेको पनि प्रचार प्रशार उप समिति संयोजक पोषण नाथ योगिले जानकारी दिनुभयो । उता सुरक्षीत कुखुरा तथा दाना ब्यबसायि समिति र घोराहीमा क्रियाशिल बस्तुगत समिति बिच बैठक सम्पन्न भएको हो ।
कुखुरा तथा दाना ब्यबसायि समिति का अध्यक्ष निम बहादुर बुढाथोकि को अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिँज्य संघका अध्ष्क्ष नाराएण भुषालको प्रमुख आतिथ्यतामा बसेको बैठकले महोत्सव उद्धघाटन को दिन सोभायात्राको समयमा सम्पुर्ण बस्तुगत समितिहरुको आफ्नो ब्यानर सहित उत्साहजनक सहभागिता गराउने निर्णय गरेको हो ।
त्यस्तै उक्त बैठकमा बिभिन्न उपसमितिका संयोजकहरुले आ–आफ्नो कामको बारेमा पनि जानकारी गराउनुभएको थियो । साथै महोेत्सवका सल्लाहकार नारायण भुषालले महोत्सवको ब्रिफिङ गर्दै काम कसरी अगाडि बडाउने भन्ने बिषयमा पनि जानकारी दिनुभएको थियो । यसैगरी दाङ उद्योग बाणिँज्य संघका पुर्व अध्यक्ष हेमराज बन्जाडे र पुर्व उपाध्यक्ष खड्ग बुढाथोकि लगायत सम्पुर्ण कार्यसमितिहरुको उपस्थितिका छलफल कार्यक्रम भएको थियो ।
Source:- jaljalakhabar