कुखुरा पालन व्यवसायका महत्वपूर्ण तीन कुरा

ब्रोइलर कुखुरा पाल्ने किसानहरुले जहिले पनि सतर्क र सजग रहनु पर्छ । चल्ला लिने अवधिदेखि नै सावधानी नअपनाउनाले बिभिन्न त्रुटिका कारण व्यसायबाट घाटा व्यहोर्नु पर्ने हुन्छ । त्यसैले चल्ला, दाना, र कुखुराको व्यवस्थापनका पक्षमा किसानहरु चलाख हुनु पर्दछ । गुणस्तरहिन चल्ला, दाना र कमजोर व्यवस्थापनले कुखुरा व्यवसायमा सफल हुन सकिँदैन् । त्यसैले ब्रोइलर कुखुरा पाल्दा यी तीनवटा पक्षलाई बढि ध्यान पु¥याउनु पर्दछ ।

चल्लाः–
ब्रोइलर व्यवसाय गर्दा निरोगी माउबाट उत्पादित स्वस्थ चल्ला हुनु पर्छ साथै ह्याचरी व्यवस्थापनले समेत उत्पादित चल्लाको गुणस्तरमा प्रभाव पार्ने हुँदा भरपर्दो र विश्वसनीय ह्याचरीले उत्पादन गरेको चल्ला मात्र ल्याउनु पर्दछ । उत्पादन भएको चल्लालाई जति चाँडो बु्रडिङ गर्न सक्यो, त्यति नै राम्रो हुन्छ । ब्रुडिङ अवधिभर चल्लाको व्यवस्थापनमा प्रशस्त ध्यान दिनु पर्छ ।


दानाः–
ब्रोइलर कुखुरालाई शारीरिक वृद्धिका लागि प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, मिनिरल्स र मैसनअनुसार विभिन्न रोगसँग प्रतिरोध गर्न सक्ने औषधि मिश्रित दानाको आवश्यकता पर्दछ । दानामा कुनै पनि किसिमको कमजोरी छ भने ब्रोइलर नबढ्ने र रोगग्रत हुन सक्दछ । कमसल दानाले कुखुराको स्वास्थमा प्रतिकुल प्रभाव पार्दछ । दाना बनाउँदा मिश्रण गरिने कच्चापदार्थको गुणस्तर, आवश्यक औषधिको मिश्रणलगायत बिषयले दानको गुणस्तर कायम रहने हुँदा ब्रोइलरलाई उपभोग गर्ने दानको गुणस्तरमा पूर्ण ध्यान दिन विश्वसनीय र भरपर्दो दाना कम्पनीको दाना खुवाउनु पर्छ ।


व्यवस्थापनः–
चल्ला र दाना गुणस्तरका भए पनि चल्ला अवधिदेनि नै कुखुराको व्यवस्थापन कमजोर हुँदा व्यवसायमा समस्या उत्पन्न हुन सक्छ । त्यसैले ब्रोइलर व्यवसाय गर्ने किसानहरुले कुखुराको व्यवस्थापन पक्षमा सधैभरी सचेत हुनु पर्छ । कुखुराको खोरको अवस्था, चल्ला बु्रडिङमा सजगता, भ्याक्सिनेसनको नियमितता, सोत्तरको व्यवस्था, दानापानीका भाँडाको व्यवस्थापन लगायत विषयहरुमा किसानले ध्यान पु¥याउनु पर्छ । कुखुरामा रोगको संक्रमणको खतरा जहिले पनि हुने भएकाले जैविक सुरक्षाको प्रबन्ध कडा गर्नु पर्छ कुखुराको व्यवस्थापन पक्षलाई सवल बनाउँदा धेरै प्रकारका समस्या नियन्त्रण हुन सक्छन् ।

Source:- Poultry News

Article by