कुखुराको खोरमा जुवा, १९ जना पक्राउ

चितवन — खैरहनीमा कुखुराको खोरमा बसेर जुवातास खेल्दै गरेका १९ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मध्यरातमा खैरहनी नगरपालिका–१० मा रहेको महादेव चौधरीको कुखुरा फार्ममा कौडा र तास खेल्दै गरेका बेला उनीहरु समातिएका हुन्। उनीहरुको साथबाट प्रहरीले दुई लाख ४१ हजार ५६५ नगद, १६ थान कौडा र एक बुक तास बरामद गरेको छ।

 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीका अनुसार तिहारका बेलामा जुवातासविरुद्ध निगरानी भइरहेको थियो। प्रहरी निरीक्षक युवराज तिमिल्सिना नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद पाँचको दफा १२५ अन्तर्गत कारवाही हुने डिएसपी रेग्मीले बताए।

Source:- kantipurdaily

Article by