काठमाडौंको गुर्जुधारामा निःशुल्क व्यवसायिक कुखुरापालन प्रशिक्षण सम्पन्न

सुर्य प्रसाद अधिकारी, असार १८, काठमाडौं। काठमाडौंको गुर्जुधारामा शनिबार एक दिने कुखुरापालन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बुढानिलकण्ठ ह्याचरी एण्ड आरआर फिड प्रालिको आयोजनामा भएको सो कार्यक्रममा किसानहरुलाई खोर व्यस्थापन, चल्ला हुर्काउने बिधि ,दाना पानीको व्यस्थापन,रोगको प्रकोप  लगायत जैविक सुरक्षाका बारेमा प्रशिक्षण दिइएको थियो । किसानले कुखुरामा लाग्ने बिभिन्न रोगको पुर्व जानकारी पाएको खण्डमा र उचित दानापानीको व्यस्थापन  गर्न सकेका खण्डमा  कम लागतमै बढी फाइदा लिन सक्छन भन्ने उद्धेश्यका साथ सो कार्यक्रम राखिएको कार्यक्रमका प्रशिक्षक एवं ह्याचरीका बिशेषज्ञ डा. संजीव पण्डितले जानकारी दिनुभयो ।

बिशेषगरी जैविकसुरक्षा नअपनाउँंदा लाग्ने रोग ८० प्रतिशत हुने गरेको र वातावरणीय प्रदुषणका कारण २० प्रतिशत रोगहरु कुखुरामा लाग्ने गरेको डा. पण्डितको तर्क छ ।

२५ जना सहभागी भएको सो प्रशिक्षण कार्यक्रममा साना किसान देखि ठुला किसानहरुको सहभागिता थियो । कम्पनीले कार्यक्रमको सहभागिता पछि स्थानीय किसानहरुको खोरको स्थलगत अवलोकन गरी कुखुरामा लागेका सिसिआरटी लगायत अन्य रोगको पहिचान गरी निशुल्क पोष्टमार्टम र चेकजांँच गरी आबश्यक सल्लाह समेत दिएको थियो ।

कम्पनीले यस्ता कार्यक्रम किसानहरुको लागि उपलब्धीमुलक भएको भन्दै आगामी दिनहरुमा समेत यस्ता प्रशिक्षणहरु दिने प्रतिबद्धता व्यक्त गरेको छ । यस भन्दा अघि कम्पनीले हेटाडा मा पनि स्थानीय किसानहरुलाई प्रशिक्षण दिइसकेको छ ।

Article by