कहाँ बाट आयो बजारमा ब्रोइलर कुखुराको मासु???

माघ १७, भरतपुर, चितवन । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डा समेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उद्दश्यले  १० दिन सम्म ह्याचरी संघले चल्ला बन्द ग¥यो । यसरी बन्द गरीसकेपछि १० दिन सम्म चल्ला ननिकालीएको भए अहिले देशै भरी ब्रोइलर कुखुराको मासु पुर्ण रुपमा नपाउनु पर्छ, तर बजारमा कुखुराको मासु छ्याप छ्याप्ती पाइन्छ।


यदि पुस ९ गते बुधबारको दिन निकालीएको चल्लाको दिन अनुसार आजको दिनसम्म आइपुग्दा जम्मा ३८ दिनको हुन्छ। प्राय जसो किसानले राम्रो मुल्य पाएको खण्डमा ४० दिनपछि मात्र कुखुरा विक्रि वितरण गर्ने गर्छन् ।
समर्ग नेपालमा हेर्दा ब्रोइलर पाल्ने किसान कम देखिएका छन् तर बजारमा महङ्गो मुल्यमा ब्रोइलर कुखुराको नाममा मासु पाइन्छ, के साच्चै उपभोक्ताले खाएको मासु ब्रोइलर कुखुराकै हो? यदि होइन भने कहाँबाट र कसले भित्राएको छ नेपालमा ब्रोइलर कुखुराको मासु के यो मासु खानु स्वस्थ्यकर छ? अब उपभोक्ता पनि सचेत बन्न जरुरी छ कि मैले खाएको मासु ब्रोइलर कखुराको हो या बुढो प्यारेन्ट (चल्ला निकाल्ने कुखुरा) अथवा अण्डा दिदा दिदा थाकेको बुढी कुखुरीको भनी जान्न जरुरी छ ।

स्वास्थ मासु खाऊँ स्वास्थ्य जीवन विताउँ ।

Article by