अवैध भारतीय कुखुरा तस्कर साइकल छोडेर भागेपछि ….

इनरुवा, भारतीय बजारबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध भारतीय कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक अवधलाल यादव नेतृत्वको टोलीले अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बोइलर कुखुरा लौकही क्षेत्रको भारतीय सीमा क्षेत्रबाट बरामद गरेको हो । 

प्रहरीलाई देखेर तस्कर फरार भएपछि प्रहरी निरीक्षक यादव आफैंले साइकलमा लोड गरिएका कुखुरा बरामद गरी इलाका प्रहरी कार्यालय लौकहीमा पुर्याएका थिए । साइकल हाँकेर यादवले अवैध भारतीय कुखुरा इलाका प्रहरी कार्यालय लौकहीलाई जिम्मा लगाएका थिए । इनिस्पेक्टर आफैंले साइकल हाँकेर बरामद कुखुरा लिएर सडकमा हिँडेको देखेपछि सर्वसाधारण चकित देखिएका थिए । साइकलमा अवैध भारतीय कुखुरा तस्करी क्रमस बढेपछि प्रहरीले छड्के जाँच गरेको थियो । बरामद १०० थान कुखुरा नष्ट गरिने प्रहरी निरीक्षक यादवले बताए ।

 

source:- inaruwaonline

Article by