अलग्गै औषधि व्यवस्था विभागको माग

विराटनगरमा, पशु चिकित्सक तथा पशु औषधि व्यवसायीहरुले भेटेरिनरी औषधिको नियमनका लागि अलग्गै औषधि व्यवस्था विभागको माग गरेका छन। विराटनगरमा हालै आयोजित नेपाल भेटेरिनरी एसोसिएसनको एकनम्बर प्रदेशको अधिवेशनका अधिकांश पशु चिकित्सक र पशु औषधि व्यवसायीहरुले उक्त कुरा बताएका हुन।

पशु चिकित्सकहरुको अधिवेशनमा पशुपक्षी मन्त्रालय पुनः स्थापना गरीनुपर्ने कुरामा सबैले जोड दिएका थिए। सरकारले एन्टिबायोटिक औषधि आयातमा रोक लगाएकाले अरबौंको लगानी जोखिममा पर्ने उनीहरुको भनाइ थियो।भेटेरिनरी औषधि व्यवसायी संघ एकनम्बर प्रदेशका उपाध्यक्ष ऋषिवचनले पशुपक्षीहरु बिरामी हुदा उपचारका लागि एन्टिबायोटिकको आवश्यकता पर्दछ। कुखुरा व्यवसायमा अरबौंको लगानी छ। यसरी एन्टिबायाेटिकमा रोक लगाइदिदा कुखुरा तथा पशुहरु रोग लागेर मर्न थालेभने किसानहरुले टुलुटुलु हेर्नू बाहेक अर्को विकल्प हुदैन,उनले भने।


कार्यक्रममा पशुसेवा विभागका पूर्व प्रमुख डा. प्रह्लाद सापकोटा, डा.राजेन्द्र यादव लगायतले अलग्गै औषधि व्यवस्था विभाग हुनुपर्ने, पशुपक्षी मन्त्रालय स्थापना हुनुपर्ने र एन्टिबायोटिक औषधिमा रोक लगाउन नहुने कुरामा जोड दिए।कार्यक्रममा पूर्वान्चलका ७० भन्दा बढी पशु चिकित्सकहरुको सहभागिता थियो।

 

Source:- Poultry News

Article by