अण्डाको मूल्य एकरुपता कायम गर्न त्रिपक्षीय छलफल

वीरगञ्ज/नेपाल अण्डा उत्पादक संघको नेतृत्वमा वीरगञ्जस्थित मिना बजारमा अण्डा संघका प्रतिनिधि, वीरगञ्जका अण्डा व्यवसायीहरु, विभिन्न जिल्लाका साना, ठूला अण्डा उत्पादकहरुको संयुक्त बैठक बसी आगामि दिनमा अण्डा बिक्री वितरण गर्ने विषयमा त्रिपक्षीय छलफल गरिएको छ ।

छलफलमा नेपाल अण्डा उत्पादक संघका कोषाध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुनकुमार अर्याल, नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल अण्डा उत्पादक संघका निवर्तमान महासचिव मदन चिरञ्जीवी पोखरेल, नेपाल अण्डा उत्पादक वितरक संघका उपाध्यक्ष विनोद पोखरेल लगायतको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा आजैको मितिबाट ठूलो अण्डा प्रति पेटी २०५०, मिडियम अण्डा प्रति पेटी १८५० कार्यान्वय गर्ने, अण्डाको मूल्य चितवनलाई आधार मानी चितवनमा सम्पर्क गरी दैनिक एउटै रेटमा बिक्री वितरण गर्ने, व्यापारीले आफू खुशी अण्डाको दररेट कायम गरे जस्तोसुकै सजाय भोग्न समेत तयार रहने भन्दै प्रतिवद्धता जनाएका छन् ।
साथै आर्शिवाद टे«डर्सले नेपाल अण्डा उत्पादक संघको दररेट विपरित आफूखुशी अण्डाको दरेरट कायम गरी बिक्री वितरण गरेको पाईएकाले आजको दिन अण्डाको बिक्री वितरणमा कारोबार नगर्न र अगामि दिनमा समेत यस्ता गल्ती नदोहो¥याउन समेत सुझाव दिइएको थियोे । सुझावपछि आर्शिवाद टे«डर्सका सञ्चालकहरुले अबका दिनमा आफूबाट यस्तो गल्ती नदोहोरिने र नेपाल अण्डा उत्पादक संघले कायम गरेको दररेटमा अण्डा बिक्री वितरण गर्ने समेत बताए ।

Source:ujyalotimes

Article by