नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ डा बस्नेतद्धारा ३३७ औं मोटिभेसनल स्पिच

नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम बहादुर बस्नेतलेद्धारा सकारात्मक सोंचमा केन्द्रित भएर बिभिन्न देशमा मोटिभेसनल स्पिच दिने क्रमको ३३७औं कार्यक्रम हिजो मेलबर्नको कन्सुलेट कार्यालयमा संपन्न गरेका छन ।

Poultry News, Kukhara Palan, Birdflue News,

डा बस्नेतले आफ्नो प्रस्तुतिको क्रममा सफलता र सुखमय जीवनको श्रोत बाहिर नभएर प्रत्येक ब्यक्तिभित्रै हुने र सकारात्मक सोंच, मनस्थिति, अरुप्रतिको आदरभाव, मनोबल आदि कुराहरुले मानिसलाई कसरी सफल बन्न र सुखी रहन सहयोग गर्छ भन्ने कुराका बिभिन्न रोचक दृस्टान्तहरु पेश गरे । प्रस्तुतिकै क्रममा डा बस्नेतले हाम्रो संस्कृति विस्वमै पाउन नसकिने र विस्वलाई नै डोर्याउन सक्ने भएको पनि बताए । मानिस अपांग शरिरले होइन दिमागले, परिस्थितिले होइन मनस्थितिले हुन्छ भन्दै मनस्थितिलाई तयार गरियो भने जस्तोसुकै चुनौतिपूर्ण काम पनि कसरी सरल बन्न सक्छ भन्ने कुराको दृस्टान्त पेश गरे शारीरिक रुपमा अपांग भएका ब्यक्तिले सगरमाथा कसरी चढे भनेर ।

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत महामहिम चन्द्र योन्जनले राजनीति, सामाजिक सन्जाल जताततै अनाबस्यक किसिमले स-साना कुराहरुमा गाली गलौज, आलोचना देखिने हाम्रो समाजमा यस किसिमका कार्यक्रमको ठुलो महत्व हुने कुरा बताउनु भयो ।

कार्यक्रमको सभापतित्व गरेका लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सुखमय जीवनको श्रोत पूर्बीय दर्शन भएको, तर यस्को महत्व पास्चात्य जगतले बुझेर यस्लाई हामीले भन्दा बढी उनीहरुले प्रयोग गर्न थालेको बताए । उही घटनालाई कसरी लिने भन्ने कुराले मानिसको जीवन कसरी अगाडि बढ्छ भन्ने कुरालाई परिभाषित गर्ने बताउँदै श्रेष्ठले अहिलेसम्मै सबैभन्दा ठुलो बैज्ञानिकको रुपमा हामीले मान्ने आइन्स्टाइनले समेत आफ्नो क्षमताको करीब ८% मात्रैलाई उपभोग गरेको र आफूमा अन्तर्निहित अथाह क्षमतासम्म पुग्ने एउटा शुरुको खुड्किलो सकारात्मक सोंच भएको बताए ।

बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको सो कार्यक्रमको उदघोषण पत्रकार एबं साहित्यकर्मी निरु त्रिपाठीले गर्नु भएको थियो ।

ठूलो परीमाणमा कुखुराको फार्म बाटै अबैध भारतीय कुखुरा पक्राउ….

असार २८, बिरगञ्ज, अवैध रुपमा कुखुराको तस्करहरुले भारतीय कुखुरा भन्सार छली चोरी पैठारी गरी १० देखि १५ दिनको क्रोईलर जातको ४००० गोटा कुखुरा विरगञ्ज महानगर पालिका वडा नं. २४ स्थीत कृष्ण मुरारी गुप्ताले सञ्चालन गर्दै आएको पोट्री फार्ममा लुकाई छिपाई भित्र्याउँदै छ भन्ने सुराकिका आधारमा पक्राउ ग¥यो ।

पशु क्यारेन्टाइन कार्यालय, वीरगंज र जिल्ला प्रहरी कार्यालय विरगञ्जको पक्राउ टोलिले मिति २०७५–०३–२८ गते विहान क्रोईलर जातको ४००० गोटा कुखुरा विरगञ्ज महानगर पालिका वडा नं. २४ स्थीत कृष्ण मुरारी गुप्ताले सञ्चालन गर्दै आएको पोट्री फार्ममा बाट बरामद गरि आवश्यक कानुनी प्रकृया पुरा गरी जिल्ला प्रहरी इन्स्पेक्टर कुमार प्रसाद मैनालीको टोली र पशु क्वाररेन्टाईन चेक पोष्ट बिरगंजको टोलीले उक्त संख्याको कुखुरा ऐजन स्थित तलेवा खोलाको पुल मुनी खाल्डो खनी नष्ट गरेको छ ।

यो कार्य उत्साहजनक भएको पशु क्यारेन्टाइन कार्यालय, वीरगंजका कार्यालय प्रमुख डा. हरेराम यादव र पशु क्वारेन्टाईन चेकपोष्ट, सिर्सिया, वीरगंजका अधिकृत डा. रामनाथ पाण्डेले बताउनु भयो।

अबैध कुखुरा एवम् पंक्षीजन्य पदार्थ ओसार पसारमा रोक लगाएको अवस्थामा भारतबाट अबैध रुपमा कुखुरा पैठारी गर्ने कार्य नियन्त्रण तथा निरुसाहित गर्नको लागि कुखुरा व्यवसायी संघ पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालय र पशु क्वारेन्टाईन कार्यालय, वीरगंजसँग सहकार्य गरी विशेष अभियान चलाएको छ।

कुखुराको खोरमा उज्यालोको व्यवस्थापन कसरी गर्ने ?

कुखुराको खोरमा उज्यालोको व्यवस्थापनःखोरमा प्रकाशको प्रयाप्त व्यवस्था हुनुपर्छ । यसको लागि खोर खुल्ला ठाउँमा बनाउनु पर्छ जसले सूर्यको उज्यालोले राम्रोसँग भित्री वातावरण देखियोस वा बिजुली बत्तिको पर्याप्त व्यवस्था भएको हुनुपर्छ । चिम भएमा १ वाट प्रति २–३ वर्गफिट क्षेत्रफको लागि सोत्तरको तहदेखि १.५ मिटर उचाइमा बल्ब झुण्डाउनु पर्दछ । ट्युबलाइट भएमा १ वाट प्रटि ८ वर्ग फिट क्षेत्रफलको लागि सोत्तरको सतह देखि २ मिटर माथि भुण्डाउनु पर्दछ । प्रकाशको व्यवस्थापन राम्रो नभएमा कुखुराले राम्रोसँग दाना पानि खाँदैनन् । चल्ला एकै ठाउँमा थुप्रिएर बस्छ र यसले शारीरीक विकासमा असर गर्छ  । राती कुखुराको भुइँमा आफ्नो आँखालाई बल नपर्ने गरी बसेर पत्रिका पढ्न सक्ने प्रकाशको व्यवस्था गर्नुपर्छ ।

उमेर अनुसार प्रकाश कति दिने?

पहिलो दिनमा २४ घण्टा तर जाडोमा बत्तिले बु्रडिङ गर्ने भए पहिलो हप्ता २४ घण्टा प्रकाश र सात दिनपछि दिनमा एक घण्टा बत्ति निभााउने गर्नु पर्दछ ।

 

चल्लाको उमेर (दिनमा)

उज्यालो घण्टा अध्यारो घण्टा

२४  ०
  २ २३.५

३० मिनेट

 ३

२३ १ घण्टा

 ४

२२.५ १.५ घण्टा

 २२

 २ घण्टा

२१.५

२.५ घण्टा

७–३९ २१

 ३ घण्टा

४०

२१.५ २.५ घण्टा

४१

२२

२ घण्टा

 ४२ २२.५

 १.५ घण्टा

४३–४५  २३

१ घण्टा

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

काठमाडौ – सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो ।

आगामी आर्थिक वर्ष ०७७-७८ सम्ममा एक अर्ब ८३ करोड अण्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगको मध्यकालीन लक्ष्यमा छ । आयोगका अनुसार चालु आर्थिक वर्ष एक अर्ब ४५ करोड अण्डा उत्पादन हुने अनुमान छ । यो गत आ. व. भन्दा १० करोड बढी हो । आ. व. ०७३-७४ मा एक अर्ब ३५ करोड अण्डा उत्पादन भएको थियो ।

पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा प्रयोग हुने भएकाले यसको प्रयोगसँगै उत्पादन पनि वृद्धि हुँदै गएको छ । कुखुरा र अण्डाको बजार विस्तार भएसँगै पोल्ट्री व्यवसायमा लगानी बढेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाएर मनग्य मुनाफा हुने भएपछि यसमा लगानीको आकर्षण बढेको हो । पोल्ट्री क्षेत्रमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी  पुगेको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ।

कुखुराका अण्डा र मासु प्रयोगको लोकप्रियतासँगै नेपालमा ‘पोल्ट्री’ व्यवसायले फड्को मारेको छ । नेपालमा दैनिक करिब ३० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको अण्डा उत्पादक संघका अध्यक्ष बताए । ‘हामीलाई चाहिने अण्डा स्वदेशमै उत्पादन भएको छ,’ अध्यक्षले भने, ‘अण्डामा हामी आत्मनिर्भर भइसकेका छौं ।’ ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै अण्डा उत्पादनले व्यापकता पाएको व्यवसायी बताउँछन् । सरकारले समेत यो व्यवसायलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ ।

कुखुरापालन अन्तर्गत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो । चितवन, नवलपरासी, झापा, काठमाडौं, धादिङ, कास्की लगायत जिल्लामा करोडौंको लगानीमा कुखुरा फार्म सञ्चालन गर्ने लहर नै चलेको छ ।
सरकारको पछिल्लो तथ्यांकअनुसार देशभर २१ हजार नौ सय ५६ फर्म व्यावसायिक रूपमा सञ्चालित छन् । यीमध्ये ९३.२९ प्रतिशत ब्रोइलर उत्पादक, ६.९ प्रतिशत लेयर्स उत्पादक र ०.५८ प्रतिशत ह्याचरी (चल्ला उत्पादक) छन् ।

पछिल्ला केही वर्षमा कुखुराको मासु र अण्डा उपभोग समेत ह्वात्तै बढेको छ । यससँगै व्यावसायिक प्रयोजनले कुखुरापालन गर्ने क्रम पनि तीव्र छ । एक वर्षमा देशभर ६ करोड आठ लाख २६ हजार आठ सय ८० वटा कुखुरा व्यावसायिक प्रयोजनले पालिएका छन् ।नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण प्रतिवेदनअनुसार किसानले एक वर्षमा कुखुरा मासु, अण्डा, चल्ला बिक्रीबाट वार्षिक ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रुपैयाँ कमाउँछन् । त्यसमा कुखुराबाट २० अर्ब ५२ करोड ८८ लाख ९१ हजार, अन्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्लाबाट तीन अर्ब ६०करोड ७६ लाख ७४ हजार, सुली मलबाट ४५ करोड ३७ लाख २२ हजार रुपैयाँ हुन आउँछ।

किसानले ब्रोइलर पाँच करोड २६ लाख ६६ हजार २९ वटा, लेयर्स ६९ लाख आठ हजार पाँच सय ९५ र अन्य जातका १२ लाख ५२ हजार दुई सय ५५ वटा कुखुरा पालेका छन् । तथ्यांकअनुसार सबै फार्मबाट गरी एक वर्षमा एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन हुन्छ । मुलुकभरका एक सय २८ ह्याचरीले एक वर्षमा आठ करोड ३३ लाख ६२ हजार चल्ला उत्पादन गरेका छन् ।सरकारले चालु आर्थिक वर्ष कुखुरापालनमा ऋण, अनुदान सघाएको थियो । पछिल्ला केही वर्ष यता ह्याचरी उद्योगमा मेसिनले चल्ला कोरल्न थालेपछि बोइलर्स, लेयर्स कुखुरापालन गर्नेको संख्या बढेको हो ।

ग्रामीण क्षेत्रका किसानलाई आन्तरिक खपत एवं पाहुना सत्कारको लागि ‘ग्रामीण कुखुरापालन कार्यक्रम’ सञ्चालन गर्न कुखुराका चल्ला, ह्याचरी र खोर निर्माण गर्न अनुदान उपलब्ध गराएको थियो । पोल्ट्री व्यवसायमा वार्षिक करिब एक खर्ब रुपैयाँको कारोबार हुने बताउँछन् । पोल्ट्री व्यवसायमा मेसिनले अण्डाबाट चल्ला कोरल्ने प्रविधि भित्रिएसँगै किसानले सजिलै चल्ला पाउन थालेपछि यसमा आकर्षण बढेको हो ।

 

Source:- nagariknews.

पशुपंक्षी र बाली बीमा नगरपालिकाबाटै

झापा। निजी बीमा कम्पनीले गर्दै आएको पशुपंक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैंले सुरू गर्ने भएको छ ।

नगर पशुपंक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपंक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तर्क्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए।

सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू गरिने उनको भनाइ छ।

जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यक्रम भएको हुँदा प्राथमिकतामा राखेर हामी आफैं सुरू गर्छौं’, उनले भने।

कृषि र पशुपन्छी बीमाको बारेमा आम कृषक अनविज्ञ रहेको समयमा नगरपालिकाले ल्याएको कार्यक्रम लाभदायक साभित हुने नगरपालिकाको विश्वास छ ।

 

Source:- krishipatrika

कुखुराको अण्डामा पाइने तत्वहरुः

अण्डा सम्भवत संसारकै सबैभन्दा पौष्टिक आहार हो । अन्य प्रोटिनका स्रोतहरुको तुलनामा कुखुराको अण्डा निकै सस्तो मुल्यमा संसारभरि उपलब्ध छ ।

थाहा पाइराखौः–
एउटा अण्डामा पाइने पौष्टिक तत्वहरुः
१) पानी                 ३८.५ ग्राम
२) शक्ति               ७८ किलो क्यां
३) प्रोटिन              ६.५ ग्राम
४) चिल्लो              ५.८ ग्राम
५) क्याल्सियम        २९ मिलि ग्राम
६) फस्फोरस         १०३ मिलि ग्राम
७) भिटामिन ए       ९८ माइक्रो ग्राम
८) भिटामिन डि      ०.९ माइक्रो ग्राम
९) भिटामिन ई        ०.५७ मिलि ग्राम
१०) भिटामिन बि      १ ०.०५ मिलि ग्राम
११) भिटामिन बि      २ ०.२४ मिलि ग्राम
१२) भिटामिन बि६    ०.०४ मिलि ग्राम
१३) भिटामिन बि१२   १.३ माइक्रो ग्राम
१४) अन्य खनिज तत्व


अण्डाको नियमित सेवनले हुने फाइदाहरुः
स्वास्थ्यका लागि अत्यावश्यक, पूर्ण पाचनशील, सन्तुलित, उच्च गुणूतरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत हो ।

  • यसमा विद्यमान एनटि अक्सिडेन्टले बुढ्यौली र हर्ट एट्याक समेत रोक्न मद्दत गर्छ ।
  • आँखाको शक्ति बढ्ने र मोती बिन्दुको रोकथाम हुन्छ ।
  • प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत समेत मजबुत हुन्छन् ।
  • रक्त अल्पता (Anaemia) बाट बचाउँछ ।
  •  रोग प्रतिरोध क्षमता (Immuni Power), जानीपन (प्रजनन् क्षमता) र स्मरण शक्ति बढाउँछ ।
  • अधिक तौल (मोटोपना) घट्न गई स्लिम र फुर्तिलो बनाउन सहयोग गर्छ ।
  • अण्डाको सेवनबाट जीवन दीर्घायु हुने प्रमाणित भइसकेको छ ।

त्यसैले निममित अण्डा खाने गरौँ ।

स्रोतः FSA (Food Standards Agency, 2002), WHO Technical Report Series 935, Geneva

 

 

‘रोगभन्दा पहिला हल्ला आउँछ, किसानको ढाड सेकाउँछ’

आठ वर्ष कुखुरापालन गरेका भक्तपुरका कुमार खत्री अचेल हार्डवेयर व्यवसाय गर्छन्। गत वर्ष बर्डफ्लु फैलिएको भन्दै पशु स्वास्थ्य विभागले चलाएको कुखुरा मार्ने अभियानमा उनको व्यवसाय धरासयी भयो। त्यतिबेला ६५ लाख रुपैयाँ बराबर नोक्सान भएको खत्री बताउँछन्।

कुनै जाँच पड्ताल विना मेरा भएभरका कुखुरा जिउँदै खाल्डोमा पुरियो। ऋणको भारी अझै मेरो टाउकोमा छ। म आफू मात्र डुबिनँ, मैले नै हौस्याएर कुखुरापालनमा ल्याएको दाइ, बहिनी र ज्वाईंलाई समेत डुबाएँ,’ खत्रीले थकथकी मान्दै भने।

बर्डफ्लुको चर्चाले हरेक वर्ष साना-ठूला धेरै कुखुरापालन व्यवसायको सर्वस्व लुटिने गरेको छ। गत जेठमा बर्डफ्लुकै कारण पूर्वी चितवनको पोल्ट्री व्यवसायमा करिब ७० लाख रुपैयाँ नोक्सान भएको व्यवसायी बताउँछन्। ठूला स्तरका व्यवसायी यो घाटा थेग्न सक्छन्। थोरै कुखुरा पालेर बसेका साना व्यवसायी भने उठ्नै नसक्ने गरी पछारिन्छन्।

बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार सरकारले क्षतिको अधिकतम ७५ प्रतिशतसम्म राहत दिने गरेको छ। जिल्ला पशु स्वास्थ्य कार्यालयका अनुसार अन्डा दिन लागेको प्रतिकुखुरा पाँच सय र अन्डा दिएर सक्ने बेला भएकालाई तीन सय रुपैयाँ सिफारिस गरिएको छ। तर, धेरै किसानले सिफारिसअनुसार राहत पाउँदैनन्। कुखुरा किसानको हितमा बोल्ने कोही नभएकाले समस्या सुनुवाइ नहुने उनीहरु बताउँछन्।

कुखुरा व्यवसायीको हितमा काम गर्ने भन्दै २०५९ सालमा नेपाल कुखुरापालक संघ स्थापना भएको थियो। संघले २०६१ सालदेखि सक्रिय काम गर्यो। गएको वर्षबाट भने निष्क्रिय छ।

उनका अनुसार पशु स्वास्थ्य विभागले बर्डफ्लुको डरमा कुखुरा मार्दै हिँड्दा संघले अवरोध गरेको थियो। कुखुरा फर्ममा गएर दाना, कुखुरा र चल्ला ओसार्ने गाडी छुट्टाछुट्टै हुनुपर्छ भनेर सिकाएको पनि थियो।‘हामीले किसानलाई मार नपर्ने गरी काम गरेका थियौं, तर कसैको सपोर्ट भएन। किसानकै सहयोग भएन,’ संघका अध्यक्ष हेमचन्द्र शाहले भने, ‘धेरै किसानले व्यवसाय छाडे। हामी कति जनालाई बटुल्दै हिँड्नु?’ ‘किसानहरु आफैं व्यवसाय छाडेर हिँडेपछि संघ स्वत: निष्क्रिय भयो,’ उनले भने।

अध्यक्ष शाहले संघको दृष्टिबाट आफ्नो कुरा राखे पनि उनको भनाइमा किसानले भोग्नुपरेको पीडा झल्किन्छ। बर्डफ्लु फैलिएको भन्दै धमाधम किसानका कुखुरा मारिन थालेपछि उनीहरु यो व्यवसायमा टिकिरहन सकेनन्। काम गरेर खानुपर्ने किसान संघमा लागेर हकहित निम्ति लडिरहन सकेनन्। ऋण काढेर व्यवसाय थालेका धेरै त ऋण निखन्न विदेश पलायन भए।

यसपालि फेरि बजारमा बर्डफ्लुको हल्ला छ। यो रोग कहाँ देखियो र कुन-कुन क्षेत्र प्रभावित छ भन्ने कसैलाई थाहा छैन। सरकारी निकायले अध्ययन पनि गरेको छैन। हल्लाकै भरमा कुखुराको मासु र अन्डा बिक्री घटेको छ। यो क्रम जारी रहे यसपालि पनि किसानको घर-घर पसेर कुखुरा नष्ट गर्ने अभियान सुरु हुन सक्छ।

नेपालमा सयौं किसानको जीवनयापन कुखुरापालनसँग जोडिएको छ। हल्लाकै भरमा मासु र अन्डा बिक्री नहुने र कुखुराका चल्ला नष्ट गरिने हो भने यसपालि पनि धेरै किसान विस्थापित हुनुपर्ने अध्यक्ष शाह बताउँछन्।

                          कुखुरापालक भक्तपुरका कुमार खत्री। 

भक्तपुरका कुमार खत्री यसका भुक्तमान हुन्। उनले गोठाटारमा २०६४ सालबाट कुखुरा पाल्न थालेका थिए। सुरुमा १५ सय कुखुरा पाले। व्यवसाय फस्टायो। मासिक २५ हजारदेखि ३ लाखसम्म फाइदा लिए। कुखुराको संख्या बढेर ६५ सय पुग्यो।

‘सात जनाको परिवार चलाउन र बच्चाबच्चीलाई राम्रो स्कुलमा पढाउन पुगेको थियो,’ कार्कीले भने, ‘सबै एकैछिनमा स्वाहा भयो।’

२०७२ को भुइँचालोले व्यवसायमा धक्का दिएको बेला बर्डफ्लुले सडकमै ल्याएको उनी बताउँछन्। उनलाई याद छ, सेतो लुगा लगाएका मानिस उनको फार्ममा आएका थिए। भाटाले हानेर कुखुरा मार्न खोजे। बेच्ने बेला हुन लागेका कुखुरा मारिन लागेको देखेर उनले झन्डै होस गुमाएनन्। कुखुरा बचाउन एक सातासम्म अड्को थापिरहे। आखिरमा उनको केही चलेन। एक सातापछि उनका सबै कुखुरा मारेर खाल्डोमा पुरिए।

उनले ३० वटाजति कुखुरा जोगाएर घर लगे। परिवारले केही दिनसम्म त्यही खाए। बर्डफ्लु लागेको भनेर मारिन आँटेका कुखुरा खाँदा पनि कसैलाई केही भएन। ‘त्यतिबेला मलाई ठगिएको अनुभूति भयो, तर मसँग विकल्प थिएन। कसलाई भन्ने, के भन्ने?’ खत्रीले भने।

कुखुरापालन सखाप भएको पीरमा उनी भाडाको जग्गामा बनाएका खोर भत्काउनसमेत गएनन्। त्यत्तिकै छाडिदिए।मारिएका ६५ सय कुखुराबाट दुई किस्ता गरी उनले ६ लाखजति पाएका थिए। त्यसैलाई उपयोग गरेर गुजारा चलाउने विचार गरे। उनी कुखुरा व्यवसायसँगै कहिलेकाहीँ ‘प्लम्बिङ’ को काम गर्थे। खोटाङबाट ३० वर्षअघि काठमाडौं पस्दा उनले यो सीप बोकेर आएका थिए। त्यही सीपले उनमा साहस आयो।

उनले ‘कुमार रोअर पम्प सर्भिस’ भनेर २०६५ सालमा दर्ता गरेका थिए। परिवारको सल्लाहमा फेरि पुरानै पेसामा फर्किए। पेप्सीकोलाको उनको हार्डवयर पसलले राम्रो बजार लिएको छ। उनलाई यही पसलले परिवार चलाउन भरथेग गरिरहेको छ।

‘अलि व्यवस्थित नभई कोही पनि कुखुरा व्यवसायमा नलाग्नू। यहाँ रोगभन्दा पहिला हल्ला आउँछ। किसानको ढाड सेकाउँछ। झन्डै मेरो उठिबास भएन,’ उनले भने, ‘न कुखुराको फर्म दर्ता न त बिमा। केही थिएन।’

सरकारले बर्ड फ्लु हो कि होइन टुङ्गो लगाएपछि मात्र प्रचारप्रसार गर्ने हो भने धेरै किसानको रोजीरोटी जोगिने उनी बताउँछन्।

बर्डफ्लुकै नाममा व्यवसाय गुमाएका खत्रीलाई हामीले सोध्यौं, ‘तपाईंलाई बर्डफ्लुबारे थाहा छ?’

‘बर्डफ्लुबारे मलाई पहिले पनि थाहा भएन, अब जान्ने मन पनि छैन। यो कुखुरा किसानलाई मार्ने उत्तम बाटो हो,’ उनले भने, ‘म बर्डफ्लु पीडित होइन। सरकारपीडित हुँ।’

बर्डफ्लु भनेको ‘एभियन इन्फ्लुएन्जा टाइप ए’ नामक सूक्ष्म भाइरसले लाग्ने प्राणघातक रोग हो। यो भाइरसले छिट्टै आफ्नो वंशाणुगत स्वरुप परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पन्छीबाट मानिसमा सर्छ।

बर्डफ्लु रोग नियन्त्रण आदेश, २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपर क्षेत्र निगरानीमा राखिन्छ। तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ। संकटग्रस्त क्षेत्रको तीन किलोमिटर परिधिमा रहेका कुखुरा, हाँसलगायत पन्छी र तिनका अण्डा एवं दाना नष्ट गर्नुपर्ने हुन्छ। नेपालमा सन् २००९ मा झापामा सबैभन्दा पहिला बर्डफ्लु देखापरेको थियो।

पर्याप्त अनुसन्धानको अभावमा हल्ला मात्र धेरै चल्दा साना किसान मर्कामा पर्ने गरेको व्यवसायीको गुनासो छ।

Source:- setopati

खोर ठिक नभए कुखुरा सप्रदैन् ।

कुखुरापालन  गर्दा सबैभन्दा पहिले खोरको महत्वलाई बुझ्नु पर्छ । अव्यवस्थित, कमसल र असुरक्षित खोरमा कुखुरा पालेर व्यवसायमा सफल हुनु सकिँदैन्, बरु असफल बनिन्छ । त्यसैले कुखुरा पाल्नुअघि आफुले बनाएको खोर मापदण्डअनुसार भए–नभएको बुभ्नु आवश्यक हुन्छ । तपाइले कुखुरा पालिरहेको खोर अथवा नयाँ पाल्न निर्माण हुँदै गरेको खोर तल  उल्लेखित मापदण्डविपरित छ कि ? छ भने खोर र वातावरणलाई सुधार गर्नु पर्छ । खोर ठिक नभए कुखुरा सप्रदैन जसले गर्दा व्यसायमा क्षति हुन जान्छ ।

  • कुखुराको खोर गाउँ–बस्तिभन्दा अलग, चारैतर्फबाट हावाको सञ्चार हुने, मानिसको आवतजावत कम हुने खुल्ला ठाउँमा हुनु पर्छ ।
  • खोर बनाएको ठाउँमा यातायात, बिजुली र पानीको राम्रो प्रबन्ध हुनु पर्दछ ।
  • खोर निर्माण गरिने सामाग्री स्थानीयरुपमा उपलब्ध भए सस्तो पर्न जान्छ ।
  • खोरका लागि अन्य चिज उत्पादन नहुने बाँझो जमिन उपयुक्त हुन्छ ।
  • खोर निर्माण गर्ने सामाग्रीहरु चिसोमा न्यानो र गर्मीमा ठण्डा हुने किसीमको प्रयोग गर्नु पर्दछ ।
  • खोर निमार्ण गरिएको ठाउँमा वरिपरीको घेराबारा वा पर्खालले घेर्दा राम्रो हुन्छ । जसले गर्दा खोरभित्र अन्य घरपालुवा पशुपंक्षि तथा मानिसको प्रवेश सिधै हुन पाउँदैन् ।
  • खोरको लम्बाई बढिमा दुई सय फिटभन्दा बढि राख्नु हुँदैन । चौडाई २० फिटभन्दा बढि गर्नु हुँदैन् ।
  • खोरको लम्बाई पूर्व पश्चिम र चौडाई उत्तर–दक्षिण फर्किएको हुनु पर्छ ।
  • खोरको बिचको धुरीको उचाई १३ फिटभन्दा माथि हुनु हँदैन् ।
  • खोर बनाउँदा भुइँबाट एक फिट गाह्रो उठाएर त्यसभन्दा माथि जंगली चरा, घरपालुवा पंक्षी र अन्य चिजहरु नछिर्ने गरी उत्तर–दक्षिण छ फिट जाली लगाउनुका साथै पूर्व–पश्चिम भ्यालसहितको दिवाल लगाउनु पर्छ ।
  • खोरको छाना खोरभन्दा २.५ फिट बाहिर निकालेर
  • बनाउनु पर्छ जसले गर्दा पानीको बाछिटा र सिधै घामको प्रकाश खोरभित्र छिर्न पाउँदैन् ।
  • खोरको भुइँ क्षेत्र चिस्यान नहुने हुनु पर्छ । भुइँलाई सकभर ढलान गरेर बनाउँदा सफासुग्घर राख्न सकिन्छ ।
  • एउटा खोरबाट अर्का खोरको दुरी ५० फिटको हुनु पर्दछ ।
  • ब्रोइलरको खोर बनाउँदा अलिकति अग्लो ठाउँ रोज्नु पर्दछ ।
  • खोरको वरीपरी पानी जम्ने ठाउँ राख्नु हुँदैन् । पानी निकासको राम्रो व्यवस्था हुनु पर्दछ ।
  • खोरको वरिपरी खाल्डाखुल्डी झारपात र फोहोर हुनु हुँदैन् ।
  • चल्ला ब्रुडिङ गर्ने खोर ठुला कुखुराको खोरभन्दा अलिकति टाढा हुनु पर्दछ ।
  • खोर बनाउँदा कति कुखुरा हो, त्यसको हिसाब गरेर ब्रोइलरलाई जाडोमा ०.७५ र गर्मीमा १ स्क्वायर फिट क्षेत्रफल प्रति ब्रोइलर चाहिन्छ भने लेयर्स कुखुरालाई २ स्क्वायर फिट चाहिन्छ । खोरमा भ्यान्टिलेसनको समुचित व्यवस्था मिलाउनु पर्दछ ।
  • खोरको जग बलियो बनाउनु पर्दछ । जसले गर्दा बहिरको पानी खोरभित्र पस्न पाउँदैन् ।
  • कुखुराको खोरमा भित्र–बाहिर नियमितरुपले निसंक्रमित झोलले स्प्रे गर्नु पर्दछ ।

 

बर्डफ्लु नियन्त्रण पछि कुखुराजन्य पदार्थको मूल्यमा सुधार

चितवन रासस । जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो ।

पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका कुखुरा र हाँस नष्ट गरिएको थियो । देवनगरको एक रेष्टुरेन्टमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु प्रमाणित भएको र त्यसअघि पूर्वी चितवनको खैरहनीमा पनि बर्डफ्लु प्रमाणित भएको थियो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख चेतनारायण खरेलले हाल जिल्लामा बर्डफ्लु नियन्त्रणमा रहेको बताउनुभयो । बयालीस दिनसम्म पुनः नदेखिएमा बर्डफ्लु मुक्त जिल्लाका रुपमा घोषणा गर्न सकिने उहाँले जानकारी दिनुभयो । दैनिक कुखुराजन्य पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण हुने ठाउँको नमूना लिएर परीक्षणका साथै कडाइका साथ जैविक सुरक्षा अपनाउन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

बर्डफ्लु संक्रमणपछि प्रभावित बनेको बजार क्रमशः सुधारतर्फ लागेको व्यवसायीले बताएका छन् । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले जिल्लामा बर्डफ्लुको संक्रमण हुनुअघि रु ७० मा बिक्री भएको ब्रोइलर कुखुराको चल्ला संक्रमणसँगै प्रतिवटा रु २० मा झरेको गुनासो गर्नुभयो । केही दिन अघिसम्म माग निकै कमी भएकामा अहिले माग बढ्न थालेको र चल्लाको मूल्य पनि प्रतिवटा रु ३० पुगेको उहाँले जानकारी दिनुभयो । चल्लाको लागत मूल्य रु ५० देखि ५५ पर्छ ।

देशभरमा २०९ वटा ह्याचरी उद्योग भएकामा चिनवनमा मात्र १०० वटा छन् । ब्रोइलर कुखुराको चल्ला सातामा २५ लाख वटासम्म उत्पादन हुने गर्छ । लेयर्स चल्लाको उत्पादन भने सातामा एक लाख हाराहारीमात्र भएकाले बर्डफ्लुअघि र पछि प्रतिचल्ला रु १६० देखि १७० प्रतिवटामा बिक्री हुँदै आएको अध्यक्ष पोख्रेलले बताउनुभयो । ह्याचरी उद्योग संघ पूर्व जिल्ला अध्यक्ष ऋषि पौडेलले जिल्लामा उत्पादन भएका चल्ला देशैभरि जान्छ भन्नुभयोे । उहाँका अनुसार बर्डफ्लुअघि जिउँदो कुखुरा प्रतिकिलो रु १८०मा बिक्री हुने गरेकामा संक्रमणपछि घटेको र हाल क्रमशः बढ्दै रु १५० प्रतिकिलो पुगेको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डाको माग र मूल्य पनि बढ्न थालेको बताउनुभयो । बर्डफ्लुअघि रु ३३५ क्रेटमा फार्मबाट अण्डा बिकेकामा झरेर अहिले रु २८० पुगेको छ । यो मूल्य बढ्दो रहेको उहाँले बताउनुभयो । संक्रमणका कारण मागमा नै कमी आएकामा अहिले माग बढेर मूल्य वृद्धि हुँदै जाने अवस्था देखिएको अध्यक्ष कँडेलले बताउनुभयो ।

देशभरमा दैनिक ३० लाखवटा अण्डा उत्पादन हुनेमा चितवनमा मात्रै १३ लाखवटा अण्डा उत्पादन हुने गर्छ । यसवर्ष अन्य रोगका कारण पनि कुखुरा मरेका कारण प्रभावित बनेका कृषक बर्डफ्लुको संक्रमण समयमा नै नियन्त्रण भएर बजार पूर्ववत् अवस्थामा फर्कन थालेकामा आशावादी भएका छन् ।  देशमा आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढीको लगानी छ । समय समयमा देखापर्ने रोग र लुकाइछिपाइ भारतबाट भित्रने कुखुराजन्य पदार्थ कृषकका लागि चुनौती बन्दै आएको छ ।